२०८३ कार्तिक १४ गते शुक्रबार

‘उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न मिल्दैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
vote

वीरगञ्ज: जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय लगायतका टोलीले मतदानस्थल तथा केन्द्रहरुको निरीक्षण र सम्भावित सुरक्षा जोखिमको आवश्यक पूर्व तयारीमा जुटेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले यहाँको १६७ मतदानस्थलमध्ये ६० को निरीक्षण गरिसकेको जनाउँदै सो मतदानस्थलको लागि आवश्यक सुरक्षा रणनीति बनाउने काम भइरहेको जानकारी दिए।

‘अहिले दैनिक रुपमा मतदानस्थलको निरीक्षण गरेर त्यहाँ देखिएको सुरक्षा चुनौतीको लागि थप रणनीति बनाउने काम भइरहेको छ,’ उनले भने, ‘अहिले दैनिक दिनको १ बजेपछिको समयमा मतदानस्थलको अनुगमन र निरीक्षण गर्ने काम भइरहेको छ। निरीक्षणमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा रणनीति बनाउने काम पनि भइरहेको छ।’

प्रजिअ दाहालले जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक समन्वय गरिरहेको बताए। ‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नका लागि सबै निकायले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरेर अघि बढ्नका लागि जरुरत रहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उम्मेदवार, आम जनता र सञ्चारकर्मी लगायतले पनि पालना गर्नका लागि अनुरोध गर्दछौँ।’

जिल्लाको एक सय ७ किलोमिटर खुल्ला सीमा नाका भएकाले पनि निर्वाचनको बेला शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने प्रयास गरिरहेको प्रजिअ दाहालले बताए। पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले निर्वाचनको लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिएको बताए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धित प्रचार प्रसारमुलक कार्यक्रम अघि बढाउन लागिएको बताइन्। ‘निर्वाचन आचारसंहिताले निर्वाचनमा उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन। सोतर्फ उम्मेदवारहरुले सचेत हुन जरुरी छ ’ उनले भनिन्।

जिल्लाभरि रहेका १६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ। क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन्। पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ।

जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन्। यहाँ चार निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन्।

पर्सा जिल्लामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन्। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अलल्पसङ्ख्यक समुदायका मतदाता छन्।

प्रकाशित: २०८२ माघ २२ गते बिहिबार ०३:११
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना