रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीति स्थित मैदानेका किसानको आलु बाली। आलु लगाइएको बारी आकर्षक बुट्टा बनाए जस्तै कलात्मक देखिएको छ।

रामेछापको गोकुलगगंगा, उमाकुण्ड, दोरम्बा लगायतका लेकाली भेगमा फल्ने आलु निक्कै स्वादिलो र पौष्टिक मानिन्छ। यी क्षेत्रमा लगाएको आलु पाक्न ६ महिना लाग्छ।

यी भेगका किसानको मुख्य उत्पादन नै आलु हो। अहिले गाउँमा उत्पादित आलु सोझै काठमाडौं लगायतका सहरमा पुग्ने र राम्रो मूल्य आउने भएपछि किसानहरू व्यवसायिक आलु खेतीतर्फ आकर्षित भएका छन्।