२०८३ कार्तिक १४ गते शुक्रबार

कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ: महामन्त्री पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
prdeep_poudel

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन्।

काठमाडौं ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए।

‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । खोेजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने।

भदौ २३ ले खबरदारी गरेको भन्दै आफूहरुले कमजोरी स्वीकार गरेर सच्चिएको बताए।

‘भदौ २३ मा कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो,’ उनले भने,‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार्न ढिला गरेनौं। भित्रबाटै सच्चिनुपर्छ भनेका थियौं । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रुपान्तर गरेर निर्वाचनमा होमिएका छौं।’

नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रुपान्तरित भएर आउ भनेकाले त्यसै अनुसार सच्चिएको बताए।

जन्मको आधारमा पुरानो भए पनि विचारले कांग्रेस नयाँ जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको बताए।

समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उनले बताए । कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका हौं, महामन्त्री पौडेलले भने,‘यो निर्णय व्यक्तिको होइन, पार्टीको हो।’

आम नागरिकले नेतृत्व परिवर्तन गरेर र नीतिमा प्रष्टता गरेर आउ भनेकाले त्यसैलाई आत्मसाथ गरेर भावी कार्यक्रममा प्रष्टसाथ ब्रेन ड्रेनसहितका समस्या सम्बोधन गर्दे देश बदल्ने १० एजेण्डा लिएर आउने उनले बताए।

कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै महामन्त्री पौडेलले दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने बताए।

‘मतदाताले पनि एजेण्डा र दृष्टिकोणका आधारमा छनोट गर्नुपर्छ । मर्यादित ढंगले मतदातामाझ गएर मत माग्न जरुरी छ,’ उनले भने।

आफूले विगतमा पनि सांसदका रुपमा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको प्रसंग कोट्याउँदै पूर्व सांसद तथा मन्त्रीसमेत रहेका पौडेलले यसले क्षेत्रका मतदाताको छाती गर्वले फुल्ने बताए।

‘काठमाडौंका मतदाताले घरको बाटो संघीय सांसदले बनाउँछ भनेर पर्खिराख्नु हुँदैन होला । मैले जिताएको व्यक्तिले देशका लागि के गर्यो सोच्नुहुन्छ जस्तो लाग्छ । देशका लागि राम्रो गर्यो भने छाती गर्वले फुल्छ भन्नुहुन्छ भन्ने बुझाइ छ,’ उनले भने।

सांसद रहँदा ठूलो समस्या रहेको रिंगरोड निर्माणमा दबाब दिन सार्वजनिक महत्वको प्रस्ताव लगेकोदेखि मेलम्चीको पानी क्षेत्रभित्र विस्तारका लागि पनि संसदमार्फत दबाब दिएको उनले बताए।

विष्णुमति करिडोरको विषय होस् वा खोलाको मापदण्ड, कुनै विषयमा पनि पैरवी गर्न छाडेनौं, उनले भने।

महामन्त्री पौडेलले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो कामबाट क्षेत्रका मतदाता कसैले शिर निहुरिउनुपर्ने अवस्था नरहेको बताए।

आफू हिजो भन्दा पनि सरल रहेको भन्दै सभापति गगन थापाबाट प्रभावित भएको भन्दै राजनीति लामो गरिरहने नभै छोटो समय गर्ने तर देखिने गरी गर्ने बताए । ‘नेतृत्व गरेर परिवर्तन ल्याउनेछु, उनले भने, ‘यसका लािग जोसँग परेपनि लड्नेछु।’

आफूले टिकट नपाएर काठमाडों ५ मा नलडेको भन्दै आफ्नो जीवन नै कांग्रेसमै बित्ने र क्षेत्र नम्बर ५ मै बित्ने उनले बताए।

पार्टी सभापति गगनकुमार थापा समेत सहभागी कार्यक्रममार्फत चुनावी परिचालनका लागि ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।

प्रकाशित: २०८२ माघ २४ गते शनिवार ०६:११
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना