काठमाडौँ: सरकारी तथ्यांकले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा महँगी घटेको देखाएको छ। यस वर्षको अर्धवार्षिक समीक्षाअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर १.७ प्रतिशतमा सीमित भएको छ।
गत आवको सोही अवधिमा महँगी ४.९७ प्रतिशत रहेको थियो। वार्षिक विन्दुगत आधारमा पुस महिनाको महँगी २.४२ प्रतिशत रहेको छ।
निक्षेपको औसत ब्याजदर पनि ३.५६ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित छ।
यसैगरी ,विश्व अर्थतन्त्र ३.३ प्रतिशत र छिमेकी भारत ७.३ तथा चीन ५ प्रतिशतले बढ्ने प्रक्षेपण छ। आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान मन्त्रालयको रहेको छ।
नेप्से सूचकांक २६४१.४४ बिन्दुमा कायम भएको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।


