२०८३ कार्तिक १५ गते शनिवार

नेपाल–कतारबीच द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने सहमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २८
623994923_2415436972204838_4933715669888208282_n

काठमाडौँ: नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिबृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ। चन्द्रागिरीमा सम्पन्न बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउने अपेक्षा गरिएको छ।

सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो। संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो।

बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीटुबी सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका थिए। सहभागीहरूले नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकका क्रममा नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै नेपालको उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधी लगायतका विविध क्षेत्रमा कतारी लगानीको लागि आग्रह गरेको छ। साथै, बैठकमा नेपाली टोलीले नेपालमा कतारी लगानीका लागि आवश्यक सहजिकरण गर्न तयार रहेको र नेपाली व्यवसायीहरूलाई पनि कतारमा सेवा क्षेत्र, पर्यटन–सम्बद्ध उद्योग, सीप विकास तथा साना तथा मझौला उद्यममा अवसर खोज्न आग्रह गर्दै संयुक्त उद्यमको सम्भावनामा जोड दिइएको छ।

यस्तै कतारी प्रतिनिधि मण्डलले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्न आफहरु इच्छुक रहेको धारणा राखेका थिए। उनीहरुले नेपाल साच्चिकै सुन्दर रहेको र नेपालमा धेरै क्षेत्रमा लगानीको सम्भावना रहेकोले सहकार्य गर्न सकिनेमा जोड दिएका थिए।

बैठकमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्‍याउने बताए। नेपालको निजी क्षेत्रको छाता संगठनका रूपमा महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको भनाइ राखे।

‘यो बैठकले नेपाल–कतारबीच व्यापार तथा लगानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। महासंघ विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण र व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्द्धनमा पूर्ण रूपमा प्रतिबद्ध छ, उनले भने।

उनले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद तथा संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउनेतर्फ महासंघ निरन्तर सक्रिय रहने पनि बताए। अध्यक्ष ढकालले कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको नेतृत्वलाई महासंघको आगामी वार्षिक साधारण सभा नीति निर्माता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष संवादको प्रभावकारी मञ्च हुने बताउँदै साधारण सभामा सहभागी हुन आमन्त्रण गरे।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–कतार संयुक्त व्यवसाय परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड दिए। ‘जेबीसी ठोस परिणाम दिने प्लेटफर्म हुनुपर्छ भन्ने साझा समझदारी बनेको छ। यसलाई परियोजना पहिचान, समस्या समाधान तथा दुवै पक्षका लागि व्यावसायिक रूपमा लाभदायक साझेदारी विकास गर्ने प्रभावकारी माध्यम बनाउन सकिन्छ र बनाउनु पर्दछ,’ उनले भने।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधीमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरेमा नेपालमा कतारी लगानीको लागि पहल गर्ने बताए।

उनले यसका लागि जेबीसीको भस्मिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। ‘यस संयुक्त व्यवसाय परिषद्लाई परिणाममुखी बनाउन अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ। नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार छन्,’ उनले भने।

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले संयुक्त व्यवसाय परिषद्लाई नेपाल–कतारबीचको दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गदै लैजानु पर्ने बताउनु भयो। उनले पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको उल्लेख गरे।

नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्णसँग भेटवार्ता समेत गरेको थियो। भेटका क्रममा नेपाल–कतार द्विपक्षीय लगानी प्रवर्द्धन, व्यापार विस्तार, सरकार–सरकार तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्य हवाई कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो।

जेबीसीको बैठकले नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत रूप दिँदै आगामी दिनमा व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ माघ २८ गते बुधबार ०३:३९
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना