२०८३ कार्तिक १४ गते शुक्रबार

गोदावरीमा दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय स्तरको फरेस्ट होटल सञ्चालनमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
photo-22_57ad32a8

काठमाडौँ: ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट होटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट सञ्चालनमा ल्याएको छ। शान्त र हरियाली वातावरणबीच बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट सञ्चालनमा आएको हो। बेस्ट वेस्टर्न प्लस अन्तर्राष्ट्रिय ब्रान्ड हो।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले एक भब्य समारोहबीच रिसोर्टको औपचारिक उद्घाटन गरे। काठमाडौँको तिलगंगापछि गोदावरीमा दोस्रो ब्राण्ड सञ्चालनमा आएको हो।

रिसोर्टका जनरल म्यानेजर अरविन्द्र केसीका अनुसार वन क्षेत्रको बीचमा अवस्थित रिसोर्टमा ८३ वटा आकर्षक कोठा तथा सुइटहरू छन्। एक्जिक्युटिभ सुइटदेखि हरियाली दृश्य कोठासम्म पुग्छन्। आधुनिक प्रविधिले सुसज्जित रिसोर्टको विशेषता केवल सुविधा मात्र नभइ स्थानीय सांस्कृतिक सौन्दर्य र आधुनिक डिजाइनमा तयार गरिएको छ।

केसीका अनुसार रिसोर्ट सञ्चालनका लागि प्रारम्भिक लगानी दुई अर्ब रहेको र थप विस्तारको तयारी भइरहेको छ। व्यवस्थापनले भावी दिनमा क्यासिनो पनि सञ्चालन गर्ने तयारी गरेको छ। सुविधा सम्पन्न रिसोर्टबाट काठमाडौँ उपत्यकाको दृश्य, बिहानको ताजा हावा र साँझको सुनौलो घामले पाहुनालाई शहरी कोलाहलबाट टाढा ल्याएर प्रकृतिसँग जोड्ने प्रयास गर्ने केसीले जानकारी दिए।

रिसोर्टको सिग्नेचर रुफटप रेष्टुरेन्टमा बसेर सूर्यास्तसँगै डिनर गर्नु वा इन्फिनिटी पुलमा पौडी खेल्दै पहाडको दृश्य नियाल्न सकिने उनको भनाइ छ। रिसोर्टमा मुख्य रेष्टुरेन्ट, प्राइभेट डाइनिङ सुविधा, खुला भोजन स्थल र अन्तर्राष्ट्रिय तथा स्थानीय परिकारको संयोजनले खानपानलाई पनि गन्तव्यको आकर्षण बनाएको छ।

आराम खोज्ने पाहुनाका लागि विश्वस्तरीय स्पा, साउना, स्टीम, फिटनेस सेन्टर र सैलुन सेवा उपलब्ध छन्। शारीरिक विश्राम मात्र होइन, मानसिक शान्तिको अनुभव दिनु पनि रिसोर्टको उद्देश्य रहेको गोदावरी फरेस्ट होटेलका अध्यक्ष विजय मल्ल बताउँछन्।

केवल विश्रामका लागि मात्र होइन, रिसोर्ट कर्पोरेट बैठक, सम्मेलन, सामाजिक समारोह तथा वैवाहिक कार्यक्रमका लागि पनि उपयुक्त स्थलका रूपमा विकास गरिएको छ। तीन अत्याधुनिक हल र बोर्ड मिटिङ कक्षले व्यावसायिक कार्यक्रमलाई सहज बनाउने अपेक्षा गरिएको छ।फूलचोकी डाँडाको फेदीमा अवस्थित गोदावरी पछिल्लो समय पर्यावरणीय र धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको बेला भब्य रिसोर्टको सुभारम्भ भएको हो।

गोदावरी फरेस्ट होटल लिमिटेडका अध्यक्ष मल्ल यसलाई काठमाडौँ उपत्यकाको आतिथ्य क्षेत्रमा ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिन्छन्।
‘हामी व्यक्तिगत सेवा, विलासी सुविधा र नेपाली आतिथ्यताको आत्मीयता सहित विश्वस्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।’

बेस्ट वेस्टर्न इन्टरनेशनलसँगको साझेदारीले अन्तर्राष्ट्रिय रिजर्भेसन नेटवर्क र लोयल्टी सदस्यहरूसम्म पहुँच विस्तार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। रिसोर्टले पहिलो तीन महिनाभित्र बुकिङ गर्ने पाहुनाका लागि २० प्रतिशत छुट र निःशुल्क ब्रेकफास्टको योजना ल्याएको छ।

प्रकाशित: २०८२ फाल्गुण १ गते शुक्रबार १०:३७
प्रतिक्रिया

थप समाचार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना