२०८३ कार्तिक १४ गते शुक्रबार

झापाबाट आठौँपटक उम्मेदवार बनेका ओलीका यस्ता छन् ४२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ५
kp-oli

काठमाडौँ: झापा जिल्लाबाट आठौँपटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आगामी निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका उनले निर्वाचन क्षेत्रबाटै मंगलबार साँझ प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

२०४८ को आम निर्वाचनबाट झापा–६ बाट उम्मेदवार बनेका उनी सदाबहादर प्रतिनिधिसभा उम्मेदवार हुन्। यसअघिका सात निर्वाचनमा उनी ६ पटक विजयी भएका छन्। २०६४ को संविधानसभा निर्वाचनमा भने उनी झापा–७ मा नेकपा (माओवादी)का विश्वदीप लिम्बूसँग पराजित भएका थिए।

गत भदौ २३ र २४ को जेनजी विद्रोहपछि सडकबाट सत्ताच्युत भएका ओलीलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र साहको चुनौती छन्। देशभर रास्वपाको प्रभाव बढ्दै गएको अवस्थामा ओली यसपटक रक्षात्मक देखिएका छन्। झापा–५ मा चुनावी गतिविधिमा सक्रिय रहेका उनले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनलाई नेकपा एमालेले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

सार्वजनिक प्रतिबद्धताअनुसार ओलीले भ्रष्ट्राचार नियन्त्रणमा शून्य सहनशीलता, विगतका प्राप्त उपलब्धिलाई संरक्षण गर्ने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य बीमा सेवालाई थप वृद्धि गर्दै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडकहरूलाई क्रमश: कालोपत्रे गर्ने, अधुरो रहेका सबै सामुदायिक भवनहरूलाई क्रमिक रूपमा निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न, फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा एकएक सुविधा सम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदानलाई विस्तार गर्ने, सबै सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउनेलगायतका बाचा उनले गरेका छन्।

 

 

oli-menifesto-2048x1308-1771324193.jpg

oli-11-2048x1308-1771324193.jpg

प्रकाशित: २०८२ फाल्गुण ५ गते मङ्गलबार ०४:३६
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना