काडमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताहरूले चुनावी बाचापत्र सार्वजनिक गरेका हुन्।
रास्वपाले थिति बसाल्ने संकल्पका नाममा सार्वजनिक बाचापत्रमा आगामी ५ देखि ७ वर्षमा १०० खर्ब डलरको अर्थतन्त्र पुर्याउने योजना अघि सारेको छ। यस्तै प्रतिव्यक्ति आए ३ हजार डलर पुर्याउने बाचा रास्वपाले गरेको छ।
१० वर्षभित्र सम्मानजनक आय भएको राष्ट्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाको छ।
राज्यका तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरेर सरकार बनेको सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने बाचा पनि रास्वापाले गरेको छ।
सरकारी सेवामा ‘लाइन होइन अनलाइन’, न्याय सुधारका लागि मेरिटोक्रेसी (योग्यतातन्त्र) स्थापना गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाले गरेको छ।
अर्थतन्त्रका लागि बाधक दर्जनौँ ऐन र नियमावली एकैपटक खारेज गरेर निजी क्षेत्रमैत्री लगानीको वातावरण बनाउने प्रतिबद्धता पनि रास्वपाले गरेको छ।


