२०८३ कार्तिक १५ गते शनिवार

पुँजीबजार सुधारमा चार दलको फरक दृष्टि, कसले के योजना अघि सारे?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ८
New Project (94)

काठमाडौँ: फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबारसम्म ४१ वटा दलले निर्वाचन आयोगमा घोषणापत्र पेस गरेका छन्। दलहरूले अबको पाँच वर्षे रोडम्यापबारे घोषणापत्रमा बताएका छन्।

जसमध्ये तत्कालिन संसद्‌का प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेका घोषणापत्रहरूमा पुँजीबजार सुधारको विषय पनि समेटिएको छ।

चारै दलले पुँजीबजारलाई लगानी विस्तार, आर्थिक पारदर्शिता र दीर्घकालीन पुँजी परिचालनको माध्यमका रूपमा स्वीकार गरे पनि उनीहरूको प्राथमिकता र कार्ययोजना फरक–फरक देखिन्छ।

नेपाली कांग्रेसले पुँजीबजारलाई उद्यमशीलता र वित्तीय पहुँच विस्तारसँग जोडेर हेरेको छ। मोबाइल एपमार्फत देश–विदेशमा रहेका नेपालीलाई पुँजीबजारमा सहभागी गराउने, अत्याधुनिक निगरानी प्रणालीमार्फत भित्री कारोबार र बजार चलखेल नियन्त्रण गर्ने तथा ‘लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाउने योजना कांग्रेसले अघि सारेको छ।

साना तथा मझौला उद्यमलाई पुँजीबजारमार्फत लगानी जुटाउन विशेष प्लेटफर्म विकास गर्ने, धितोपत्र बोर्डलाई स्वायत्त बनाउने र नेपाल स्टक एक्सचेन्ज तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै विद्यालय तहदेखि नै वित्तीय साक्षरता र सेयर बजार सम्बन्धी शिक्षा समावेश गरी बजारलाई देशव्यापी बनाउने लक्ष्य कांग्रेसले राखेको छ।

नेकपा (एमाले) ले पुँजीबजारलाई वित्तीय प्रणाली सुदृढ गर्ने माध्यमका रूपमा हेरेको छ। बजारको प्रभावकारी नियमन, सुधार र विस्तारमार्फत स्वपुँजी तथा दीर्घकालीन ऋण परिचालन गर्ने लक्ष्य एमालेले राखेको छ।

सेयर लगानीकर्ताको हित संरक्षण, सम्झौता बचत परिचालन गर्ने संस्थाहरूको प्रभावकारी नियमन तथा वित्तीय सेवाको डिजिटल रूपान्तरणमार्फत पारदर्शिता बढाउने विषय पनि घोषणापत्रमा समेटिएको छ।

साथै, डिजिटल मुद्रा परीक्षण, साइबर अपराध नियन्त्रण, वैकल्पिक वित्तीय उपकरण—जस्तै भेञ्चर क्यापिटल, क्राउडफन्डिङ, हरित बन्ड र डायस्पोरा बन्ड—मार्फत पूँजी संकलन गर्ने नीति एमालेले अघि सारेको छ। विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने तथा सेयर बजारमा लगानीका अवसर विस्तार गर्ने प्रतिबद्धता पनि उसले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टीले आफ्नो घोषणापत्रमा पुँजीबजारबारे संक्षिप्त रूपमा उल्लेख गर्दै सर्वसाधारणको पहुँच र सहभागिता बढाउने प्रतिबद्धता जनाएको छ। यद्यपि विस्तृत कार्ययोजना सार्वजनिक नगरे पनि यसले बजारलाई जनमुखी बनाउने उद्देश्य संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पुँजीबजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ। नियामक सुधार, प्रविधिमा आधारित कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने, धितोपत्र ऐन संशोधन गरी नियामक निकायलाई स्वायत्तता दिने तथा नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेड को पुनःसंरचना गर्ने प्रस्ताव रास्वपाले गरेको छ।

बजारको तरलता र जोखिम व्यवस्थापन क्षमता बढाउन इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स र अप्सनजस्ता डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा सुरु गर्ने, बन्ड बजार विकास गर्ने तथा गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज बनाउने योजना पनि अघि सारिएको छ। साथै वित्तीय साक्षरता अभियान, स्वचालित रिपोर्टिङ प्रणाली र डिजिटल पहुँच विस्तारमार्फत पुँजीबजारलाई काठमाडौं केन्द्रित अवस्थाबाट देशव्यापी बनाउने लक्ष्य राखिएको छ।

समग्रमा चारै दलले पुँजीबजारलाई आर्थिक विकासको आधारका रूपमा स्वीकार गरेका छन्। एमालेले नियमन र वैकल्पिक वित्तीय साधनमा जोड दिएको छ भने कांग्रेसले लगानीकर्ताको संरक्षण र वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। रास्वपाले संरचनात्मक सुधार र आधुनिक वित्तीय उपकरणमार्फत बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने दृष्टि प्रस्तुत गरेको छ भने नेकपाले सर्वसाधारणको सहभागिता बढाउने लक्ष्यमा जोड दिएको देखिन्छ।

प्रकाशित: २०८२ फाल्गुण ८ गते शुक्रबार ०६:२०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना