काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने काम सुरु भएको छ।
आइतबार महाराजगञ्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहट लगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरु बिदाइ भएका हुन्।
निर्वाचन सुरक्षार्थ ३ हजारभन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको छ।
अब निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ। सबै प्रदेशमा मतपत्र पुगिसकेको छ। निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा गरिरहेको छ।
प्रकाशित: २०८२ फाल्गुण १० गते आईतबार ०५:११