काठमाडौां नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको टिप्पणी गरेका छन्। काठमाडौं बस्ने धौलागिरीवासीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासको १० भिजनका साथ अघि बढेको पार्टीका उम्मेदवारहरुका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको बताए।
‘देशैभर सकारात्मक माहोल बनिरहेको छ,’ उनले भने,‘यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बनेको छ।’
कार्यकर्ता र आम नागरिकको अपेक्षाअनुसार कांग्रेस नीतिगत रुपमा प्रष्ट भएको र देश बदल्ने भिजनमा समेत प्रष्ट भएकाले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र सुभेच्छुक सबै लाग्नुपर्ने उनले बताए।
महामन्त्री पौडेलले सामाजिक सञ्जालसमेत विचार राख्न प्रभावकारी माध्यम भएकाले पार्टी रुपान्तरण र भिजनका विषय प्रचारमा सक्रियता बढाउन कार्यकर्ता र सुभेच्छुकहरुलाई आग्रह गरे।


