२०८३ कार्तिक १४ गते शुक्रबार

विनोद चौधरी ‘राष्ट्रिय ब्रान्ड’ हुन, नवलपरासीबासीले अवसरका रूपमा उपयोग गर्नुपर्छः कँडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १२
b1f19262-3cb8-4c1e-bee9-0299fd28f053

नवलपरासी। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नवलपरासी पश्चिम–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

आइतबार आयोजित वृहत चुनावी र्यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला संयोजक देवेन्द्रराज कँडेलले कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गरेका छन्।

उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीलाई ‘राष्ट्रिय ब्रान्ड’ को संज्ञा दिँदै क्षेत्रले त्यसलाई विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

कँडेलले नवलपरासी पश्चिम–१ कांग्रेसको गढ क्षेत्र रहेको उल्लेख गर्दै विनोद चौधरीको अनुभव, पहुँच र क्षमताले क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

“विनोद चौधरी नेपालको एउटा स्थापित ब्रान्ड हुन्। यस्तो ब्रान्ड पश्चिम नवलपरासीले पाउनु गर्वको विषय हो। अब यस क्षेत्रका जनताले उहाँको अनुभव, पहुँच र क्षमतालाई विकासका अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ,” उनले भने।

यस क्षेत्रका उम्मेदवार विनोद चौधरीको नेतृत्वमा आयोजित मोटरसाइकल र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थक सहभागी भएका थिए।

चौपत्ता खुला चौरबाट सुरु भएको र्याली त्रिवेणी चोक, महलवारी, रुपौलिया, बेलाटारी, विजयनगर, गुठी प्रसौनी, पकलिहवा, बसहिया, मुजहवा र धननदवा लगायतका स्थान हुँदै सम्पन्न भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले पनि कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गर्दै पार्टी पङ्क्तिलाई एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।

विनोद चौधरीले पार्टी पङ्क्तिको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याए। उनले क्षेत्रको विकासको जग बसिसकेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिन सबै एकजुट भएर अघि बढ्ने बताए।

निर्वाचन नजिकिँदै जाँदा नवलपरासी पश्चिम–१ मा दलहरूबीच चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ।

प्रकाशित: २०८२ फाल्गुण १२ गते मङ्गलबार ०८:०६
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना