२०८३ कार्तिक १४ गते शुक्रबार

दाङ–२ मा फेरिएको चुनावी शैली: श्रमजीवीका पक्षमा प्रमोदको सादगीपूर्ण ‘प्रतिरोध’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
642801316_35195223406743067_8937802130260753429_n

आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा दाङ क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार प्रमोद धितालले आफ्नो चुनावी अभियानलाई शालीन, सादगीपूर्ण र जनमुखी बनाएका छन्। ‘प्रतिरोध : जनअधिकार आन्दोलन’का तर्फबाट ‘रिक्सा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका धितालले ठूला राजनीतिक दलको तामझामभन्दा भिन्न शैलीमा मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।

उम्मेदवार धितालले मंगलबार घोराहीका विभिन्न वडाहरूमा मतदातासँग प्रत्यक्ष संवाद गरे। उनले घोराही–१८ को नवलपुर र सालघारी; वडा नं. ११ को नारायणपुर, खैरा र मनुवा; वडा नं. ८ र १० को पत्थरकोट, सेवार, वनगाउँ र कटुकी तथा वडा नं. १२ को वसन्तपुर, बटोलपुर, कृष्णपुर र शाहीपुर लगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरेका हुन् ।

उनी सानो टिम बनाएर मतदाताको घर तथा कार्यस्थलमै पुगेर आफ्ना कुरा राखिरहेका छन्। ध्यानसँग मतदाताका कुरा सुन्छन् अनि आफ्ना भावी योजना सुनाउँछन्। ‘हामीले सानो टिम बनाएर मतदाताका बीचमा पुगेर उहाँहरूका कुरा सुन्ने र आफ्ना एजेन्डाहरू राख्ने गरिरहेका छौँ,’ उम्मेदवार धितालले भने। मतदाताहरूले पनि ठूलो भीडभाडभन्दा आफूहरूकै जस्तो प्रचार–प्रसारको शैली मन पराएको उनको भनाइ थियो।

उम्मेदवार धितालले आफ्नो उम्मेदवारी श्रमजीवी वर्ग र सामाजिक–सांस्कृतिक न्याय र हक–अधिकारको पक्षमा भएको बताए। उनले अनावश्यक आश्वासन दिनेभन्दा पनि गर्न सक्ने कुरा मात्रै गरेर मतदातासँग मत मागिरहेको पनि बताए। ‘झुटा आश्वासनदेखि मतदाता वाक्कदिक्क हुनुहुन्छ, त्यसैले हामीले गर्न सक्ने कुरामात्रै मतदातालाई भनेका छौँ’, धितालले भने।

दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका किरण किशोर घिमिरे, नेकपाका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यजस्ता हेवीवेट नेता प्रतिस्पर्धामा छन्। उम्मेदवार धितालले हेवीवेट नेताको पुरानो मानक जनताले भत्काइदिएको र अब पुरानो विरासतले मात्र चुनाव जित्ने अवस्था नरहेको बताए। ‘अहिले मतदाताले हाम्रा कुरा रुचीपूर्वक सुनेको र उहाँहरूले दिएको वचनका आधारमा हामी पनि यो क्षेत्रमा प्रतिस्पर्धी नै हौँ। पुरानो विरासत र संगठनको दादागिरीकै आधारमा चुनाव जित्ने अवस्था छैन’, धितालले भने।

उनले आफूले श्रमजीवी जनताको हकहितको कुरालाई मुख्य मुद्दा बनाएको बताए। ‘विकास, सुशासन, पारदर्शिता, जवाफदेहिता, जनपक्षीयता आम नेताका मुद्दा भइसके। हामीले यसका साथै श्रमजीवी जनताको हितलाई मुख्य मुद्दा बनाएका छौँ। श्रमिक अधिकार हाम्रो मुख्य मुद्दा हो’, उनले भने।

उम्मेदवार धितालले आफ्नो उम्मेदवारी अहिले स्वतन्त्रको रूपमा भए पनि आफू संगठनमा विश्वास गर्ने र अहिले पनि संगठनकै योजनामा स्वतन्त्र उम्मेदवारी दिएको बताए। ‘म त संगठनमा विश्वास गर्ने, समाज रूपान्तरण संगठित प्रयासबाट मात्रै सम्भव हुन्छ भन्नेमा विश्वास गर्छु। पार्टी नभए पनि अहिले मेरो उम्मेदवारी संगठित रूपमै हो’, उनले भने।

धिताल प्रतिरोध ः जनअधिकार आन्दोलनका केन्द्रीय संयोजक हुन्। उनले निर्वाचनमा प्रतिस्पर्धा हुने भए पनि आफ्नो प्रतिस्पर्धी कोही नभएको बताए। निर्वाचनलाई आफूहरूले आफ्ना कुरा जनतालाई सुनाउने र जनताका कुरा सुन्ने अवसरका रूपमा लिएको भन्दै निर्वाचनमा पराजित भए पनि जनताको सेवामा निरन्तर लाग्ने बताए। ‘हामीले निर्वाचनलाई प्रतिस्पर्धाका रूपमा मात्र नलिई आफ्ना कुरा जनतालाई सुनाउने र जनताका गुनासा आफूहरूले सुन्ने अवसरका रूपमा लिएका छौँ’, उनले भने, ‘हामी विजय भए पनि जनताको सेवामा हुन्छौँ भने पराजित भए पनि जनताकै सेवामा लाग्छौँ।’

उनले निर्वाचन जित्न जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको बताए। अप्राकृतिक गठबन्धन, अनावश्यक भीडभाड, एजेन्डाभन्दा बढी व्यक्तित्वको प्रदर्शन, भाइरल हुने होड अहिलेको समस्या भएको बताए। आफूलाई सहयोग गर्ने र सहयोगका लागि आह्वान गर्नेको पनि कमी नभएको भन्दै उनले निर्वाचन जित्नका लागि जे पनि गर्ने सोचमा आफूहरू नभएको बताए।

उनले निर्वाचनमा आफ्नो कुरा जनतालाई भन्नका लागि ठूलो खर्च आवश्यक नभएको बताए। ‘हामीले सामान्य प्रचार–प्रसारका सामग्री तयार गरेका छौँ। होहल्लाभन्दा पनि कन्टेन्टमा जोड दिएका छौँ’, उनले भने, ‘सानो टिम बनाएर धेरैभन्दा धेरै जनतासामु पुग्ने प्रयास गरिरहेका छौँ।’

प्रकाशित: २०८२ फाल्गुण १३ गते बुधबार १२:४१
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना