२०८३ कार्तिक १४ गते शुक्रबार

…त्यसैले उत्साही छन् काठमाडौँ ४ मा सचिन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
sachin_timalsina

२०४६ सालको जनआन्दोलनपछिको संसदीय राजनीतिमा कहिले नेकपा एमालेको ‘लालकिल्ला’ त कहिले नेपाली कांग्रेसको ‘अभेद्य गढ’ बनेको काठमाडौँ क्षेत्र नम्बर–४ अहिले एउटा नयाँ मोडमा आइपुगेको छ। यो क्षेत्र पुराना शक्तिशाली दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका लागि जति विशेष छ, त्यति नै महत्वपूर्ण छ पछिल्लो आम निर्वाचन २०७९ बाट उदाएर जेनजी आन्दोलनपछि बालशाली देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि। रास्वपा कांग्रेस र एमालेबाट खोसेर यो क्षेत्रलाई आफ्नो गढका रूपमा स्थापित गर्न चाहन्छ। अघिल्लोपटक काठमाडौँ–१ बाट उम्मेदवार रहेका पुकार बमलाई रास्वपाले यसपटक उक्त क्षेत्रमा सारेको छ।

आम निर्वाचन २०४८ सालमा यो क्षेत्र (तत्कालिन अवस्थामा काठमाडौँ १) एमालेको लालकिल्ला बन्यो। कांग्रेसका सन्त नेता तत्कालिन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर एमालेका तत्कालिन महासचिव मदन भण्डारी संसद् छिरेका थिए। २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा उनको निधन भयो। त्यसपछि २०५१ मध्यावधि निर्वाचनमा एमालेबाटै मदनपत्नी एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यस क्षेत्रबाट विजयी भइन्। २०५६ सालको निर्वाचनमा पनि एमालेले यहाँ आफ्नो प्रभूत्व कायमै राखेको थियो, सो वर्ष भएको निर्वावचनमा भण्डारीले जित दोहोर्‍याएकी थिइन्।

यसवेला कुनैवेला एमालेको लालकिल्ला रहेको यस क्षेत्रमा दलिय शक्ति फिर्ता गर्ने प्रयासमा छन् एमालेका उम्मेदवार राजन भट्टराई।

२०६४ को संविधानसभा निर्वाचनयता भने यो क्षेत्रमा कांग्रेसले जित्दै आएको छ। २०६४को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुप्रभा घिमिरेले भण्डारीलाई पराजित गरिन्, यही क्षेत्रका गगनकुमार थापा समानुपातिकबाट निर्वाचित भए। प्रस्ट र प्रखर वक्ता र धेरैले आशा गरेका थापा  २०७०, ७४ र ७९ को निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्षमा निर्वाचित भए। हाल उनी कांग्रेसका सभापति छन्।

जेनजी आन्दोलनपछि पुराना दलहरूप्रति बढेको अविश्वास रोक्न थापाले विशेष महाधिवेशनमार्फत् नेतृत्वमा आएपछि केही रणनीति बदले। उनी यसपटक यो क्षेत्र छाडेर मधेशमा ‘ह्विम’ ल्याउने उद्देश्यसाथ सर्लाही–४ झरेका छन्। यो क्षेत्रमा थापाले उत्तराधिकारीका रूपमा अघि सारेका छन् उनकै अनुयायी ३३ वर्षीय सचिन तिमल्सेना। २० वर्षअघि दोस्रो जनआन्दोलनतापछि जुन जोश र ऊर्जाका साथ गगन यस क्षेत्रबाट उदाए, अहिले त्यही उमेरमा उस्तै जोश र जाँगरका साथ सचिन चुनावी घरदैलोमा छन्।

May be an image of one or more people and text

उनका लागि यो केवल प्रतिनिधिसभा निर्वाचनमा एक सिट जित्ने लडाइँ हैन, बरु गगनले निर्माण गरेको विश्वासको विरासत जोगाउने परीक्षा पनि हो।

रास्वपाप्रति नागरिकको आकर्षण, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको उदय, पूर्वीनेपालमा बलियो पकड भएका श्रम संस्कृति पार्टीबाट उम्मेदवार एमालेको प्रभावशाली अनुहारसहित १८ उम्मेदवारहरूबिच सचिनलाई यहाँ जित निकाल्न त्यति सहज त छैन। तर पनि केही कारणहरू–जसकारण उनी उत्साही देखिएका छन्।

घरदैलोका क्रममा मतदाताबाट पाएको प्रेम र ढाडसले उनी उत्साही देखिन्छन्।

यसको प्रमुख एक कारण हो गगनको विरासत र मतदाताको ढाडस। एमालेको लालकिल्ला ढालेर कांग्रेसको अभेद्य गढ बनाएका गगनको अनुहारका कारण सचिनलाई उनकै उत्तराधिकारीका रूपमा हेरिएको छ। गगनप्रति यहाँका मतदाताको विश्वास र उनले बनाएको संगठन सचिनका लागि प्लस पोइन्ट हो।

दोस्रो हो उनको स्पष्ट भिजन र योग्यता। त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषयमा स्नातकोत्तर गरेका उनले अमेरिबाबाट नेतृत्व र संगठनसम्बन्धी विशेष कोर्ससमेत पूरा गरेका छन्। २०७५ सालदेखि चार वर्ष युथ कांग्रेसको संस्थाको अध्यक्षका रूपमा काम गरेका उनी गगन थापाका कामका विभिन्न आयामहरूमा जोडिएका छन्। थापाको टिममा बसेर काम गर्दा कार्ययोजना, दृष्टिकोण र इमान्दारिताबारे वकालात गरिरहने चरित्रका सचिन क्षमताकै आधारमा जित निकाल्ने सोचमा छन्। सरकारी सेवालाई ‘डिजिटल र फेसलेस’ बनाउने, ‘डिजिटल नोम्याड’ गन्तव्यको विकास गर्ने र कपन क्षेत्रको डुबान समस्या समाधान गर्ने जस्ता आधुनिक एजेन्डाले युवा पुस्तालाई आकर्षित गरेको छ।

तेस्रो हो सिमानासहित समस्याको पहिचान। उनी यहीँ जन्मिएर हुर्किएकाले स्थानीय समस्याबारे ज्ञात राख्छन्।

क्रिकेटरका रूपमा स्थापित भई राजनीतिमा सक्रिय भएका उनले कोभिड-१९ महामारीका बेला ‘अक्सिजन फर नेपाल’ मार्फत सामाजिक काम गरेका थिए। गगनको टिममा रहेर योजना निर्माण गर्ने काम पनि गरेका उनी आफूले यो क्षेत्रको सिमाना मात्रै नभएर समस्या पनि बुझेको बताउँछन्। जसकारण मतदाताले आफूलाई विश्वास गर्ने उनको भनाइ छ।

काठमाडौँ–४ मै जन्मिएर यहीँ हुर्किएका सचिन आफूले समाज राम्रोसँग बुझेको र यहाँका समस्या पहिचान गरेकाले यहाँको समुदाय, समाज र परिवेश बदल्न ल्याकत आफूमा भएको उनी बताउँछन्। उनले भने, ‘मैले यहाँको भूगोल बुझेको छु। यहाँका समस्या बुझेको छु। यहीँ बसेर काम गरेको छु। त्यसैले पनि यहाँको विकासका लागि म सक्षम छु,’ उनले भने।

यी विविध कारणले उनलाई मतदातामाझ परीक्षित युवाका रूपमा हेरिएको छ।

May be an image of one or more people

उनले काठमाडौँ ४ का नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेगरी प्रतिज्ञाका रूपमा ५ वर्षका लागि १० नतिजा सार्वजनिक गरेका छन्। सुशासन, पूर्वाधार विकास, भूमि र कृषि सुधार, स्वास्थ्य सुधार, उद्यमशिलता, रोजगारी एवं सूचना प्रविधि, शिक्षा सुधारलगायतका विषय प्रतिज्ञामा समेटेका छन्।

५ वर्षमा  १० नतिजा निकाल्ने प्रतिज्ञासहित सचिनले काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठका वडाहरूलाई भिन्न रूपमा सम्बोधन गरेर तयार पारेको प्रतिज्ञापत्र यस्तो छ–

सुशासन र भ्रष्टाचार नियन्त्रणको संकल्प
सचिनको पहिलो प्राथमिकता राज्यका संयन्त्र र नागरिकबीच शक्ति सन्तुलन कायम गर्नु रहेको द्ध।

उनले अनावश्यक तजबिजी अधिकार कटौती गर्ने कानुन निर्माण गर्ने र सरकारी सेवालाई ‘डिजिटल र फेसलेस’ बनाउने प्रतिज्ञा गरेका छन्। उनी प्रत्येक वर्ष आफ्नो कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरी जवाफदेहिताको सुरुवात आफैंबाट गर्ने बताउँछन्।

एकीकृत पूर्वाधार र ट्राफिक व्यवस्थापन
काठमाडौंको ट्राफिक र सडक समस्या हल गर्न उनले ‘पूर्वाधार समन्वय ऐनु को पैरवी गर्ने लक्ष्य राखेका छन्। विशेष गरी बुढानीलकण्ठ र कपन क्षेत्रको डुबान समस्या समाधानका लागि एकीकृत पूर्वाधार योजनामार्फत ५ वर्षभित्रै ठोस नतिजा निकाल्ने उनको योजना छ।

शिक्षा र स्वास्थ्यमा आमूल सुधार
उनले स्वास्थ्यलाई ‘बीमामा आधारित एकीकृत स्वास्थ्य प्रणाली’ मार्फत औषधि र उपचारमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिज्ञा गरेका छन्।

विद्यालयहरूमा ‘स्कूल हेल्थ एम्बेस्डर’ कार्यक्रम र बालबालिकाको मानसिक स्वास्थ्यका लागि विशेष पहल गरिने उनको घोषणापत्रमा उल्लेख छ।

डिजिटल क्रान्ति र युवा स्टार्टअप
नेपाललाई ‘डिजिटल नोम्याड’ गन्तव्यका रूपमा विकास गर्ने र पुराना कानुनहरू खारेज गरी नयाँ साइबर सुरक्षा तथा ई–कमर्स ऐन ल्याउने उनको सोच छ। उद्यमीहरूलाई प्रक्रियागत झन्झटबाट मुक्त गर्न ‘रेगुलेटरी स्यान्डबक्स’को कानुनी व्यवस्था गर्ने उनको योजना रहेको छ।

सामाजिक न्याय र समावेशीता
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक प्रतिनिधित्व र ‘पिंक ट्याक्स’ जस्ता विभेदकारी कर प्रणालीको अन्त्य उनका प्रमुख नीतिगत प्राथमिकता हुन्।

नागरिकसँग प्रत्यक्ष संवादः सांसदको कार्यालय
निर्वाचन जितेपछि हराउने परम्पराको अन्त्य गर्दै उनले काठमाडौं क्षेत्र नं. ४ मा आधुनिक र प्रविधिमैत्री ‘सांसदको कार्यालय’ स्थापना गर्ने प्रतिज्ञा गरेका छन्। यस कार्यालयमार्फत हरेक ६ महिनामा आफ्नो कामको हिसाब बुझाउने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उनको प्रतिबद्धता छ।

उपत्यकाका लागि साझा दृष्टि
काठमाडौं उपत्यकालाई एउटै भौगोलिक र सांस्कृतिक एकाइका रूपमा विकास गर्न उहाँले ‘उपत्यका रणनीतिक प्राधिकरण’को पुनःसंरचना, साझा यातायात सञ्जाल र प्रदूषणमुक्त ‘ग्रेटर हेरिटेज सर्किट’ निर्माणको प्रस्ताव अघि सारेका छन्।

May be an image of one or more people and henna

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ०६:४०
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना