काठमाडौँ: मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि परेको छ। इजरायलले अमेरिकाको समर्थनमा शनिबारदेखि इरानमा आक्रमण गरिरहेको ५। आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित कम्तीमा ४० इरानी अधिकारीको मृत्यु भएको छ।
मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गरेका छन्। त्यसको असर नेपालमा पनि देखिएको छ। नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ। खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन्।
सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन्। उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र परेका छन्।
आइतबार बिहान पनि यात्रुहरु अन्योलमा यताउता गरिरहेका देखिन्थे। विमानस्थलमा अनेक सूचना टाँसिएका छन्।


















