२०८३ कार्तिक १४ गते शुक्रबार

अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
photo-4_cfb89f90

काठमाडौँ: नेपाली काँग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न ५ हजार ८५३ जना काँग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिएका हुन्। घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुसबै घर फर्किसकेको उनले बताए।

उनले भने,‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको संख्या करिब ५ हजार ८५३ रहेको र समर्थकहरुको संख्या हजारौं रहेको छ। पार्टीले आह्वान गरेको घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीका गएका साथिहरु प्राय सबै घर फर्किसकेका छन्। निष्क्रिय भएका साथिहरु पुनःसंगठित भइ सक्रिय हुने काम जारी छ।’

उनले पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ अगाडि बढाएको धारणा राखे। बदलिएको काँग्रेस, बदल्छौँ देश भन्ने नारा व्यवहारिक रूपमा सफल भएको उनको भनाइ छ।

‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजादैँछ। छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले बदलिएको काँग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ,’ उनले भने।

प्रवक्ता चालिसेले जनताले आशा गरेको स्थिर र जवाफदेही सरकार अब काँग्रेसको नेतृत्वमा बन्ने दाबी गरे। निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा काँग्रेसले अध्ययन गरिरहेको उनले बताए।

प्रकाशित: २०८२ फाल्गुण १८ गते सोमबार ०६:१४
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना