प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो मतदानस्थलमा भोट हाल्नका लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन्।
काठमाडौँबाट बाहिरिने बसपार्कहरूमा बिहानैदेखि आफ्नो-आफ्नो जिल्लातर्फ प्रस्थान गर्नेहरूको भिड लागेको देखिन्छ।
फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।





















