काठमाडौँ: बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडकहरू सुनसान देखिने थालेका छन्। गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको जनाएको छ।
गृह मन्त्रालयले शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो।
निर्वाचनका लागि राजधानी काठमाडौँ छाडेर मतदाताहरू जिल्ला फर्किएपछि काठमाडौँ सहर सुनसान देखिनुका साथै गाडीहरू पनि कम चलेको देखिन्छ।












प्रकाशित: २०८२ फाल्गुण २० गते बुधबार ०१:०२