काठमाडौँ: सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद भएपछि मतदान रोकिएको छ। बलरा सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहेका अमरेशकुमार सिंहको गृहपालिका हो।
रास्वपा र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच हात हालाहालको स्थितिपछि ढुंगामुढा प्रहार भएको हो। तनाव बढेपछि मतदान स्थगित भएको छ।
अहिले उक्त स्थानमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेर विवाद मिलाउने प्रयास भैरहेको छ।


