काठमाडौँ: दोलखाको एक मतदान स्थलबाट मतपत्र नै लुटिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुध कब्जा गर्न खोजेको भन्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तनाव भएको थियो। दुई पक्षबीच झडपको अवस्था सिर्जना भएको थियो।
यसैबीच नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीले मतपत्रको ठेली नै लिएर भागेका थिए। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।
५४/५५ मत लुटपाट भएकोमा ४४ वटा मात्रै प्राप्त भएको छ।
मतपत्र नभेटिएपछि पुन: मतदान सुचारु हुन सकेको छेन।
स्थानीय प्रशासनले भने मतपत्र लुटिन थालेपछि बुथ एजेन्टलाई सुरक्षित स्थानमा सारेको छ।


