काटमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका क्रममा भएको चुनावी खर्च पेस गरेका छन्। चितवन–२ बाट निर्वाचित लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन्।
उनले सबैभन्दा बढी यातायात तथा इन्धनमा २ लाख ९५ हजार खर्च भएको बताएका छन्। यस्तै खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार, गोष्ठी भेलामा १ लाख ८० हजार, प्रचारप्रसार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।
यस्तो छ उनले चुनावमा गरेको खर्च विवरण–

प्रकाशित: २०८२ फाल्गुण २७ गते बुधबार १०:३८