२०८३ कार्तिक १४ गते शुक्रबार

दुई अर्बमा टोखामा सहेन्शा अपार्टमेन्ट बनाउँदै व्यवसायी दीपक मल्होत्रा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
deepak_malhotra

काठमाडौँ: व्यावसायिक घराना आईएमएस ग्रुपले राजधानीको टोखामा होटलसहितको आवासीय अपार्टमेन्ट परियोजना निर्माण थालेको छ। ग्रुपका अध्यक्ष दीपक मल्होत्राले टोखा नगरपालिका-७ मा रहेको होटल साहेनशाह इन्टरनेसनलमा होटलसहितको साहेनशाह अपार्टमेन्ट बनाउन लागेका हुन्।

चार रोपनी १५ आना क्षेत्रफलमा फैलिने प्रस्तावित भवन ५१.३६ मिटर अग्लो १५ तलाको हुनेछ। त्यसमा ८३ वटा अपार्टमेन्ट एकाइ हुने भएको छ। अपार्टमेन्ट परियोजना अघि बढाउन होटलले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाएको छ। परामर्शदातामा कञ्चन इन्जिनियरिङ कन्सल्टेन्सीले काम गरिरहेको छ।

अपार्टमेन्ट परियोजनाको लागत दुई अर्ब दुई करोड रुपैयाँ अनुमान गरिएको छ। जसमा ६० प्रतिशत बैङ्कको ऋण र बाँकी ४० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।

जसमा एक अर्ब २० करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको छ। यद्यपि, सुरुआतमा ढिलाइ र व्यापार रणनीतिमा परिवर्तनले कार्यान्वयन जोखिम बढाएको छ। विशेष गरी समयरेखा, लागत नियन्त्रण र अपार्टमेन्ट बिक्रीबाट समयमै हुनुपर्ने हुन्छ।

कम्पनीले हाल आवासीय अपार्टमेन्टहरू र बैङ्क्वेट सुविधाहरू समावेश गर्ने मिश्रित प्रयोग रियल स्टेट परियोजनाको विकास गरिरहेको छ। परियोजनामा २५ कोठाको होटल पनि समावेश थियो, जुन कम्पनीले प्रत्यक्ष रूपमा सञ्चालन गर्ने योजना बनाएको थियो।

यद्यपि, कम्पनीले होटल पूर्वाधार तेस्रो पक्षलाई भाडामा दिएर आफ्नो लगानी रणनीतिमा परिवर्तन गरेको छ।

होटल र अपार्टमेन्ट परियोजना बनाउन तीन अर्ब ३७ करोड ३० लाख रुपैयाँ लगानी हुने रेटिङका लागि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ।

होटल साहेनशाह इन्टरनेसनल सन् १९९६ मा स्थापना भएको हो।

आईएमएसले सूचना प्रविधिका साथै नेपालमा सामसङ मोबाइल बिक्रीवितरण गर्दै आएको छ। सामसङलाई नेपालमा ब्रान्डका रूपमा स्थापित गरेका व्यवसायी मल्होत्रा गाडी, रियल स्टेट, मोबाइल र जलविद्युत्सहित दर्जनौँ व्यवसायमा आबद्ध छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ व्यवस्थापनदेखि मोबाइल वालेट सेलपेसम्मको बिजनेस मल्होत्राले गर्दै आएका छन्। उनको अनलाइन सपिङ मार्केट स्मार्ट डोको पनि सञ्चालनमा छ।

राजधानीको कालिकास्थानमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गरी सञ्चालन गरिरहेका दीपकले अहिले घरजग्गा व्यवसायलाई नेपालको पहिलो पब्लिक कम्पनी बनाएका छन्।

मल्होत्राले पहिलो पब्लिक कम्पनी नेपाल रियल इस्टेट म्यानेजमेन्ट लिमिटेड दर्ता पनि गरेका छन्। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ छ।

प्रकाशित: २०८२ फाल्गुण २७ गते बुधबार ०६:१५
प्रतिक्रिया

थप समाचार

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना