२०८३ कार्तिक २३ गते आईतबार

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

 |  मनोज अधिकारी
Sanket

मनोज अधिकारी

काठमाडौँ, फाल्गुण ३०
202603131428-36320f0b-0e26-4c00-850d-9f3c69345493_medium-1773396182

इलाम। गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ। हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन्।

यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन्। यसरी फर्किनेहरू सम्झना मात्र बोकेर फर्किँदैनन्, साथमा केही न केही कोसेली बोक्छन्। कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन लिएर मात्र पर्यटकहरू फर्किने गरेका छन्।

अन्तु घुमेर फर्कँदै गरेका पर्यटक समूह सूर्योदय–१० स्थित फिक्कल बजारको पसलअगाडि उभिन्छन्, आफूलाई मन पर्ने मिठाईलगायत कोसेली छान्छन् र लिएर जान्छन्। यस्तै अवस्थामा भेटिएका चितवनका रोशन सापकोटाले भने, ‘साथीहरूले इलामबाट रित्तो नफर्किनु है भनेका छन्। धेरैलाई यहाँको ललिपप मनपर्दो रहेछ। साथीहरूको मागअनुसार सामान किनिरहेको छ। जति हेर्‍यो, त्यत्ति किनौँ किनौँ जस्तो लागिरहेको छ।’

फिक्कल बजारमा लहरै सजिएका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै ललिपप र बम्बइसन जस्ता उत्पादन बिक्रीका लागि राखिएका छन्। कतिपय पसलमा त पर्यटकहरूले कोसेली किन्न पालो नै पर्खिनुपर्छ। स्थानीय व्यापारी सुजन सापकोटा भन्छन्, ‘सामान्य दिनमा पाँच–दस हजारको बिक्री हुन्छ। ‘सिजन’ सुरु भएपछि भने व्यापार निकै बढ्छ। पोहोर त दिनकै ३० हजारसम्मको कोसेली बिक्री भएको थियो।’

स्थानीय व्यापारीका अनुसार इलाम आउने अधिकांश पर्यटकले कुनै न कुनै कोसेली किनेर लैजाने चलन नै बसिसकेको छ। ‘यहाँ आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, छुर्पी, ललिपपलगायत कोसेली पनि किनेर लैजानुपर्छ भन्ने धारणा नै बनेको छ’, व्यापारी अमीर आचायले भने।

काठमाडौँमा व्यवसाय गर्दै आएका दीपक खड्का पनि यहाँ भेटिए । उनी आफू इलामे कोसेलीका नियमित ग्राहक भएको बताउँछन्। ‘कोही इलामबाट काठमाडौँ आउँदैछ भन्ने थाहा पायो भने ललिपप र छुर्पी मगाइहाल्छु। यहाँ आफैँ आएको बेला त झन् छोड्ने कुरै भएन। घरमा सबैजना इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्’, उनी भन्छन्।

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसन यहाँका घरेलु उद्योग प्रवर्द्धनमा निकै टेवा पुगेको छ। गाउँगाउँमा यी मिठाई उत्पादन हुने क्रम बढ्दो छ। सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनका अनुसार यी उत्पादन ‘इलाम ब्रान्ड’का रूपमा चिनिन थालेका छन्।

जिल्लामा करिब दुई दर्जन ललिपप उद्योग सञ्चालनमा छन्। यहाँ उत्पादित मिठाईको माग स्थानीय बजारसँगै काठमाडौँ र भारतसम्म हुने गरेको उद्यमी शिवलाल प्रधान बताउँछन्। सानो प्याकेट ललिपप ५० रुपैयाँ र ठूलो प्याकेट १०० रुपैयाँमा बिक्री हुन्छ। उपहारका लागि आकर्षक रूपमा ‘प्याकेजिङ’ गरिएका ‘गिफ्ट ललिपप’ पनि बजारमा उपलब्ध छन्।

इलाममा दुग्धजन्य उद्योगको दायरा पनि विस्तार हुँदै गएको हो। जिल्लाका १८ चिज कारखानाले दैनिक करिब २७ हजार लिटर दूध सङ्कलन गर्छन्।

स्थानीय बजारमा पाँच हजार लिटर दूध खपत हुने गरेको छ भने छुर्पी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रयोग गर्छन्। ललिपप र बम्बइसन उद्योगले करिब पाँच हजार लिटर दूध खपत गर्छन् भने तीन हजार लिटर दूध भारतीय बजारमा समेत निर्यात हुने गरेको तथ्याङ्क छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा १८ चिज कारखाना, करिब १५० छुर्पी उद्योग र १३ दुग्ध मिठाई उद्योग सञ्चालनमा छन्। यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने ३३ हजार ३७१ उन्नत जातका गाई पालिएका छन्।

पर्यटकीय गतिविधिले यस्ता उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनमा टेवा पुगिरहेको केन्द्र प्रमुख रागवेन्द्र तिवारीको भनाइ छ। ‘पयर्टकीय गतिविधिले यहाँका चियाबारी, पर्यटकीय क्षेत्र प्रचार मात्रै भइरहेको छैन, स्थानीय उत्पादनको बजारीकरण पनि भइरहेको छ। यसले स्थानीय साना उद्यमीको जीविकोपार्जन र व्यवसाय विकासमा पनि टेवा पुगेको छ’, उनले भने।

सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल स्थानीय उत्पादन प्रवर्द्धनका लागि काम भइरहेको बताउँछन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादकलाई प्रोत्साहनका लागि अनुदान दिने विषयमा पनि छलफल भइरहेको उनले बताए।

‘पर्यटकीय गतिविधि बढेसँगै यहाँ उत्पादन पनि बढिरहेको छ। उत्पादन वृद्धि र बजार विस्तारका लागि अन्य पालिकासँग पनि सहकार्य गर्ने नीति छ। त्यसका लागि विगतमा पनि केही पहल भएका छन्, अब आगामी आर्थिक वर्षमा थप योजना अगाडि सार्छौँ। स्थानीय उत्पादन प्रवर्द्धनका लागि अनुदानमा आधारित नीति अगाडि सार्ने कि भनेर छलफलमै छौँ। बजार विस्तार र स्थानीय उत्पादकले लाभ पाउने गरी काम हुन्छ’, कार्यवाहक प्रमुख बरालले भने।

यसरी हेर्दा यहाँको पर्यटन केवल दृश्यमा सीमित छैन, स्थानीय किसान तथा व्यवसायीको सशक्तीकरणको बलियो आधार बनिरहेको छ। चियाबारीको हरियाली र अन्तुको सूर्योदयसँगै यहाँको मिठास बोकेको कोसेली पनि पर्यटकको झोलामा भरिएर देशका विभिन्न ठाउँसम्म पुगिरहेको छ। यस्ता उत्पादनको थप ‘ब्राण्डिङ’ र बजारीकरणमा लगानी गर्न सके अझ धेरै लाभ लिन सकिने स्थानीयको भनाइ छ।

प्रकाशित: २०८२ फाल्गुण ३० गते शनिवार ०९:३७
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना