२०८३ कार्तिक १८ गते मङ्गलबार

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
apple_building

एजेन्सी: अमेरिकाको प्रविधि कम्पनी एप्पल इंकको आम्दानी १२ प्रतिशत बढेको छ। यो वर्षको चौथो त्रैमासमा एप्पले १ खर्ब १४ अर्ब ५० करोड डलरको आम्दानी गरको जनाइएको छ।

यो आँकडा विश्लेषकहरूको १ खर्ब १३ अर्ब ४० करोड डलरको अनुमानभन्दा बढी हो। अघिल्लो वर्षको सोही अवधिमा एप्पलको कुल आम्दानी १ खर्ब २ अर्ब ५० करोड डलर थियो।

कम्पनीको प्रति सेयर आम्दानी २.१० डलर रह्यो। जुन विश्लेषकहरूको १.९९ डलरको अनुमानभन्दा बढी हो।

यो वर्षको चौथो त्रैमासिकमा एप्पलले आईफोन बिक्रीबाट ५७.६ अर्ब डलर आम्दानी गरेको छ। नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो त्रैमासिक प्रतिवेदन हो। जसले विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रूपमा पुनः स्थापित भएको एप्पलका लागि सकारात्मक भविष्यको संकेत गरेको छ।

आईफोनको बिक्री—जसमा आईफोन १८ प्रो बजारमा आएपछिका पहिलो आठ दिनको बिक्रीसमेत समावेश छ। यो वाल स्ट्रिटुको ५६.६ अर्ब डलरको अनुमानभन्दा बढी हो।

आम्दानीसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै नियमित कारोबार समय सकिएपछिको अवधिमा एप्पलको सेयर मूल्य १ प्रतिशत घट्यो। त्यसअघि, दिनभरको कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य १.८ प्रतिशत घटेर ३३८.३२ डलरमा कायम भएको थियो।

एप्पल ५० खर्ब डलरको मूल्यवान कम्पनी

गत जुलाई २८ मा एप्पल ५० खर्ब (५ ट्रिलियन) डलरभन्दा बढीको मूल्य पुग्ने दोस्रो कम्पनी बन्यो। सोमबारको बजार बन्द हुँदा ४९ खर्ब ४० अर्ब (४.९४ ट्रिलियन) डलरको बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) सहित हाल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएको छ।

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

एप्पलले यो स्थान यसले शुक्रबार एनभिडियाबाट पुनः आफ्नो कब्जामा लिएको हो। एप्पल १ ट्रिलियन, २ ट्रिलियन र ३ ट्रिलियन डलरको बजार पुँजीकरणको कोसेढुङ्गा पार गर्ने पहिलो कम्पनी पनि थियो।

जुलाईमा देखिएको सामान्य उतार चढाव र अक्टोबर २३ को बिहान केही मिनेटका लागि देखिएको अर्को छोटो अवधिको परिवर्तनलाई छोड्ने हो भने २०२५ मा माइक्रोसफ्ट कर्पोरेशनलाई उछिन्ने बेलादेखि नै एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रूपमा रहँदै आएको थियो।

झन्डै १५ वर्षसम्म सीईओको जिम्मेवारी सम्हालेका टिम कुकको ठाउँमा गत सेप्टेम्बर १ देखि टर्नस कम्पनीको सीईओ बनेका छन्।

एप्पलको आम्दानी समग्र प्राविधिक क्षेत्रका सेयरहरूका लागि निकै महत्त्वपूर्ण हुन्छ। जसका लागि अक्टोबर महिना निकै कठिन रह्यो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो लगानी गरिरहेका अल्फाबेट र मेटा (फेसबुक) जस्ता अन्य ठूला प्राविधिक कम्पनीहरूको तुलनामा एप्पलले भने ठूलो पुँजीगत खर्च गर्नबाट आफूलाई जोगाएको छ।

यद्यपि, मेमोरी चिपको बढ्दो लागतका कारण यसका धेरै उत्पादनहरूको मूल्य भने बढेको छ। एप्पलको नयाँ फोल्डेबल (मोड्न मिल्ने) आईफोन डुओको मूल्य १ हजार ९९९ डलरबाट सुरु हुन्छ।

यद्यपि, यसको बिक्री कम्पनीको सन् २०२७ को आर्थिक वर्षको पहिलो त्रैमासिकमा सुरु हुने भएकाले यस मोडलबाट प्राप्त हुने आम्दानी चौथो त्रैमासिकको तथ्यांकमा समावेश गरिएको छैन।

प्रकाशित: २०८३ कार्तिक १८ गते मङ्गलबार ०३:३७
प्रतिक्रिया

थप समाचार

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा...

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना