२०८३ कार्तिक १७ गते सोमबार

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
mobile

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ।

प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो। त्यतिबेला कम्पनीको नाम सार्वजनिक गरिएको थिएन। पछिल्लो अपडेटमा भने उक्त उपकरण सामसङले विकास गरिरहेको उल्लेख गरिएको छ।

प्राप्त विवरणअनुसार ट्याब्लेट बन्द अवस्थामा ८ इन्चको हुनेछ भने खोल्दा यसको डिस्प्ले १७ इन्चसम्म विस्तार हुनेछ। यद्यपि, उपकरणको प्राविधिक विशेषताबारे थप जानकारी सार्वजनिक भएको छैन।

ट्याब्लेटको फोल्डिङ डिजाइन कस्तो हुनेछ भन्ने पनि स्पष्ट भइसकेको छैन। यसमा एउटै १७ इन्चको स्क्रिन फोल्ड हुने वा १७ इन्चको भित्री डिस्प्लेसँगै बाहिर छुट्टै ८ इन्चको स्क्रिन रहने दुई सम्भावना रहेको बताइएको छ।

सामसङ डिस्प्लेले यसअघि विभिन्न प्रविधि प्रदर्शनीमा ठूला फोल्डेबल स्क्रिनका नमुना प्रस्तुत गरिसकेको छ। तर, कम्पनीको मोबाइल डिभिजनले भने अहिलेसम्म यस प्रकारको उपकरण व्यावसायिक रूपमा बजारमा ल्याएको छैन।

यसअघि सन् २०२३ मा ‘ग्यालेक्सी जेड ट्याब’ नामको फोल्डेबल उपकरण विकास भइरहेको चर्चा चले पनि त्यो व्यावसायिक उत्पादनका रूपमा सार्वजनिक हुन सकेको थिएन।

फोल्डेबल उपकरणको बजारमा नयाँ उत्पादनको चर्चा बढिरहेका बेला सामसङको यो विकाससम्बन्धी खबर सार्वजनिक भएको हो। यद्यपि, कम्पनीले १७ इन्चको फोल्डेबल ट्याब्लेटको आधिकारिक घोषणा, सार्वजनिक गर्ने मिति वा बजारमा उपलब्ध हुने समयबारे कुनै जानकारी दिएको छैन। एएनआई

प्रकाशित: २०८३ कार्तिक १७ गते सोमबार १०:२४
प्रतिक्रिया

थप समाचार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना