२०८३ कार्तिक ५ गते बुधबार

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ५
robot

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी सङ्केतविद्मा मात्र सीमित नरहेको देखाएको छ।

सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति थिए। अनलाइन शैक्षिक अभिलेखमा लामो समयदेखि बेवास्तामा परेको यो सन्देश अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेका हुन्।

२७ वर्षीय चर्चले च्याटजीपीटी निर्माता ओपनएआईको पछिल्लो मोडेल प्रयोग गरेर छ घण्टामै उक्त सङ्केत खुलाएका थिए। परम्परागत विधिबाट यस्तो काम गर्न हप्तौँ लाग्न सक्ने उनको भनाइ छ।

अमेरिकी साइबर सुरक्षा कम्पनी सेन्टिनेलवनमा कार्यरत चर्चले सङ्केत खोल्ने प्रविधि वा त्यस समयको इतिहासबारे आफूलाई धेरै जानकारी आवश्यक नपरेको बताए। केही साँझको प्रयासपछि उनले जापानी पेटेन्ट इन्जिनियर सातोसी टोमोकियोसँग परामर्श गरेका थिए। टोमोकियोले समाधान नभएका पुराना सङ्केतहरूको अनलाइन सूची राख्दै आएका छन्।

चर्चका अनुसार एआईको प्रमुख विशेषता निरन्तर प्रयास गर्ने क्षमता हो। सन्देशको रहस्य खुलेपछि आफूले ठूलो सन्तुष्टि र उत्साह अनुभव गरेको उनले बताए।

टोमोकियोले आफ्नो वेबसाइट ‘क्रिप्टियाना’ मा सन् २०२६ लाई ऐतिहासिक सङ्केतहरूको रहस्य खोल्ने काममा निर्णायक वर्षका रूपमा सम्झिइने उल्लेख गरेका छन्। उनका अनुसार सेप्टेम्बरको मध्यदेखि आफ्नो सूचीमा रहेका अधिकांश सङ्केत एआईको सहायताले समाधान भइसकेका छन्।

अनुसन्धानकर्ताहरूले यसअघि नै पुराना सङ्केत खोल्न एआई मोडेल विकास गरिरहेका थिए। तर, शक्तिशाली सामान्य प्रयोजनका एआई उपकरण सार्वजनिक भएपछि समाधान भएका सङ्केतको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चर्चले ओपनएआईको जीपीटी–६ एस्ट्रा प्रयोग गर्नुभएको थियो भने अन्य अनुसन्धानकर्ताले अमेरिकी कम्पनी एन्थ्रोपिकका एआई उपकरण प्रयोग गरेका छन्।

टोमोकियोले कठिन सङ्केतहरूमध्ये केही अझै रहस्यकै रूपमा रहने बताएका छन्। समाधानका लागि उपयोगी तथ्याङ्क कम भएका कारण ती सङ्केत खोल्न आगामी वर्षहरूमा पनि चुनौती हुन सक्ने उनको भनाइ छ।

लामो समयदेखि अड्किएका समस्या समाधान भएकोमा आफू उत्साहित भए पनि एआईले ती समस्या सजिलै समाधान गरेको देख्दा मिश्रित भावना उत्पन्न भएको उनले बताए। एक सहकर्मी सङ्केतविद्ले त एआईका कारण आफूलाई बेकार महसुस भएको प्रतिक्रिया दिएको उनले सुनाए।

गणितदेखि कम्प्युटर प्रोग्रामिङसम्म एआईले मानिसको क्षमता उछिनिरहेको अवस्थामा यसले रोजगारीको स्वरूप बदल्ने वा केही काम विस्थापित गर्ने चिन्ता पनि बढेको छ। तर, इतिहासको अध्ययनमा भने यसले नयाँ सम्भावना खोलेको छ। पुराना कागजातका सङ्केत खुलाउनेदेखि लाखौँ मध्ययुगीन पाण्डुलिपि विश्लेषण गर्ने र प्राचीन ग्रन्थ पढ्ने काममा एआई उपयोगी बनेको छ।

इटालीमा अनुसन्धानकर्ताहरूले सन् ७९ मा भिसुभियस ज्वालामुखी विस्फोट हुँदा जलेर कार्बनमा परिणत भएका हर्कुलानियमका पपाइरस ग्रन्थ अध्ययन गर्न एक्स–रे र एआई प्रयोग गरिरहेका छन्। क्षति हुने जोखिमका कारण हातले खोल्न नसकिने सयौँ ग्रन्थमध्ये एउटा ग्रन्थलाई पूर्ण रूपमा भर्चुअल विधिबाट खोलेको घोषणा अनुसन्धानकर्ताहरूले जुनमा गरेका थिए। त्यसमा नैतिकतासम्बन्धी ग्रन्थ रहेको पुष्टि भएको थियो।

त्यसैगरी, हिब्रू पाण्डुलिपिका एक करोड पृष्ठ प्रतिलिपि गरी यहुदी इतिहास र संस्कृतिका दुर्लभ स्रोत समेटिएको खोज्न मिल्ने विशाल अभिलेख तयार गर्न एआई प्रयोग भइरहेको छ। पेरिसस्थित इकोल प्राटिक दे ओत एतुदका परियोजना प्रमुख डेनियल स्टोक्ल बेन एज्राका अनुसार यति ठूलो परिमाणको तथ्याङ्क मानिसले एक्लै प्रशोधन गर्न सक्दैन।

डिजिटल अभिलेखबाट तयार हुने तथ्याङ्कको भण्डारलाई उनले ‘विगतको विशाल फेसबुक’सँग तुलना गरेका छन्। यसबाट इतिहासमा मानिस, स्थान र विचारबिच रहेका सम्बन्ध पत्ता लगाउन सकिने अनुसन्धानकर्ताहरूको अपेक्षा छ।

फ्रान्सको राजधानी पेरिसस्थित नोट्रडाम गिर्जाघरमा पनि एआई प्रणालीलाई मध्ययुगीन अभिलेखका १४ हजार ६०० ल्याटिन पृष्ठ प्रतिलिपि गर्न प्रशिक्षित गरिएको छ। यस परियोजनाले पुराना सङ्केत खोल्ने कामजस्तै जटिल ऐतिहासिक अभिलेख अध्ययन गर्न सघाएको छ।

परियोजनाको नेतृत्व गरिरहनुभएकी इतिहासकार जुली क्लाउस्ट्रेका अनुसार ती अभिलेख मध्ययुगीन नोटरीहरूले निर्णयलाई छोटकरीमा लेखेका प्रशासनिक दस्तावेज हुन्। तिनमा प्राविधिक शब्दावली र जटिल लेखन शैली प्रयोग गरिएको छ।

एआई प्रणालीले अक्षर पहिचानमा ८८ देखि ९४ प्रतिशतसम्म सफलता हासिल गरेको छ। यसबाट गिर्जाघरको दैनिक जीवन, निर्माण कार्य, कर्मचारी र परित्यक्त बालबालिकाको हेरचाहसम्बन्धी जानकारी फेला परेको छ।

यस्ता अभिलेख हातैले प्रतिलिपि गर्न धेरै दशक लाग्ने क्लाउस्ट्रेले बताए। उनका अनुसार एआईको महत्त्व समय बचतमा मात्र सीमित छैन। यसले पहिले सम्भव नभएका प्रश्नमा अनुसन्धान गर्न सहयोग पुर्‍याउँदै इतिहास अध्ययन गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ।

प्रकाशित: २०८३ कार्तिक ५ गते बुधबार ०७:३८
प्रतिक्रिया

थप समाचार

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

कस्तो रहला आजको मौसम ?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती...

स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई ७ लाख जरिवाना

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई प्रतिकम्पनी ५० हजारका दरले ७ लाख रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको निर्देशन...

गण्डकी र लुम्बिनीमा ‘सूचना महामार्ग’ निर्माणका लागि प्राधिकरण र टेलिकमबीच सम्झौता 

काठमाडौँ: ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमार्फत गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
money
पूर्वाधार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना