२०८३ कार्तिक १६ गते आईतबार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
robot_1

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका छन्।

दक्षिण चीनको ग्वाङ्झाउमा भवनका बाहिरी भाग सफा गर्न रोबोट प्रयोग भइरहेको छ। यसअघि मानिसले जोखिम मोलेर गर्दै आएको अग्ला भवनका झ्याल सफा गर्ने काम अहिले रोबोटले गर्न थालेका छन्। रोबोटले भवनको बाहिरी भागमा रहेर सफाइ, निरीक्षण तथा नियमित अनुगमनका काम गर्छन्।

एक्स–ह्युमनका सहसंस्थापक ह्वाङ जियानका अनुसार यस्ता रोबोटले श्रम लागत घटाउन सहयोग गरेका छन्। उनका अनुसार कम्पनीको घरेलु बजारमा यस वर्ष रोबोटका अर्डर ५० प्रतिशतले बढेका छन् भने विदेशबाट आउने अर्डर पनि तीव्र रूपमा बढिरहेका छन्।

निर्माण क्षेत्रमा रोबोटको प्रयोग भवन सफाइमा मात्र सीमित छैन । निर्माणस्थलमा निकै मेहनत र समय लाग्ने फलामका छड बाँध्ने काममा पनि रोबोट प्रयोग हुन थालेका छन् । यसले कामको गति बढाउनुका साथै लागत घटाउन सहयोग गरेको छ।

चाइना कन्स्ट्रक्सन फोर्थ इन्जिनियरिङ ब्युरोको इन्जिनियरिङ टेक्नोलोजी रिसर्च इन्स्टिच्युटअन्तर्गत स्मार्ट कन्स्ट्रक्सन रिसर्च सेन्टरका उपनिर्देशक ली बिङका अनुसार रोबोटले कामदारको तुलनामा ३० प्रतिशत बढी दक्षताका साथ काम गर्छन्।

रोबोटको प्रयोगले निर्माण श्रमिकको भूमिकासमेत परिवर्तन गर्ने उनको भनाइ छ । उनका अनुसार श्रमिकलाई हातैले फलामका छड बाँध्ने कामबाट रोबोट सञ्चालन गर्ने औद्योगिक श्रमिकका रूपमा विकास गर्न सकिन्छ । यसले रोबोट प्रविधिको सुधार र दक्ष जनशक्ति विकासका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।

ग्वाङ्दोङ प्रान्तको आवास तथा शहरी–ग्रामीण विकास विभागका एक अधिकारीका अनुसार उक्त प्रान्तमा निर्माण रोबोट क्षेत्र र त्यसको आपूर्ति शृंखलालाई सहयोग गर्ने १० हजारभन्दा बढी उद्यम सञ्चालनमा छन्। सीसीटीभी प्लस

प्रकाशित: २०८३ कार्तिक १६ गते आईतबार ०६:३६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना