२०८३ कार्तिक २३ गते आईतबार

पाथीभरा मन्दिरमा तीन वर्षमा चार करोड २३ लाख भेटी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ४
pathibhara (6)

इलाम। इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ।

विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्कलन भएको पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलले जानकारी दिए।

आज यहाँ जिल्ला प्रशासन कार्यालय इलाम, कोष तथा लेखा नियन्त्रका कार्यालय इलाम, नापतौल विभाग भापाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सङ्कलित सामग्री तथा नगदबारे लेखाजोखा गरिएको विकास समितिका अध्यक्ष दिलीपकुमार राईले बताए।

सङ्कलन गरिएको सुन तथा अन्य बहुमूल्य धातु तत्काल खर्च गर्ने वा सुरक्षित राख्ने भन्ने विषयमा आगामी कार्यपालिका बैठकबाट टुङ्गो लाग्ने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुबास)ले जानकारी दिए। “धेरै वर्षपछि एकमुष्ट सङ्कलित सामग्रीको लेखाजोखा गरेका छौँ, अब त्यसको प्रयोग कसरी र कुन प्रयोजनमा गर्ने भन्ने विषयमा अर्को बैठक बसेर निर्धारण गर्छौं”, उनले भने।

मन्दिरमा चढाइएको भेटी रकम पनि उल्लेखनीय छ। अध्यक्ष स्याङ्बोका अनुसार विसं २०७९ फागुन १ देखि ०८० असार मसान्तसम्म रु ८५ लाख २८ हजार १८७, विसं ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म रु एक करोड ५६ लाख ६१ हजार ४८८, विसं ०८१ साउन १ देखि ०८२ असार मसान्तसम्म रु ९७ लाख ५४ हजार ६३२ र ०८२ साउन १ देखि फागुन ३० गतेसम्मको रु ८४ लाख २४ हजार ५४७ भेटी रकम सङ्कलन भएको हो।

मन्दिरबाट सङ्कलित रकम मन्दिर क्षेत्रकै विकासमा खर्च भइरहेको छ। भक्तजनको सहयोग पारदर्शी ढङ्गले सदुपयोग गर्न पालिका प्रतिबद्ध रहेको उनको भनाइ छ। गाउँपालिकाले पाथीभरा मन्दिरलाई आफ्नै स्वामित्वमा लिएपछि यसको आम्दानी र व्यवस्थापनलाई नियमित रूपमा सार्वजनिक गरिरहेको छ।

पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर २०७९ फागुन १ गतेदेखि मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाले सम्हालेको हो। स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रूपमा चढाएको रकम तथा धातु सङ्कलन गर्ने गरिएको हो।

पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। विशेषगरी शनिबार र मङ्गलबार यहाँ सयौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्।

मन्दिरमा पुग्नका लागि फेदीबाट करिब एक किलोमिटरको ठाडो उकालोमा सिँढी निर्माण गरिएको छ। यस मार्ग हुँदै भक्तजनहरू सहज रूपमा मन्दिर परिसर पुग्ने गरेका छन्। गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले पनि यहाँ आउने दर्शनार्थीलाई आकर्षित गरिरहेको बताए।

मन्दिर नजिकै दुईवटा पोखरी छन्, जहाँ हाँसको आकृतिमा देखिने ढुङ्गाहरू राखिएका छन्। यही कारण स्थानीयले यस क्षेत्रलाई ‘हाँस पोखरी’ पनि भन्छन्। विसं २०५१ मा स्थापना गरिएको यो मन्दिर कुटीडाँडाबाट करिब आठ सय मिटरमाथि र समुद्री सतहबाट करिब एक हजार ८४० मिटर उचाइमा अवस्थित छ।

मन्दिर नजिकै रहेको रमिते टावरबाट तराईका समथर फाँट, इलामका नागबेली चियाबारी तथा भारत, भूटान र बङ्गलादेशसम्मका भू–भागहरू खुला आँखाले देख्न सकिन्छ। साथै यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर पनि अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए।

विशेषगरी दसैँ–तिहार, तीज, बालाचतुर्दशी र रामनवमीजस्ता पर्वका बेला यहाँ ठूलो मेला लाग्ने गर्दछ। सामान्य दिनमा पनि शनिबार र मङ्गलबार विशेष भीड लाग्ने गरेको छ। ती दिनमा मात्रै पाँच सयदेखि दुई हजारसम्म भक्तजन मन्दिरमा पुग्ने गरेको उनले जानकारी दिए।

नेपालका विभिन्न जिल्लाका साथै भारत, बङ्गलादेश र भूटानबाट समेत यहाँ भक्तजन आउने गरेका छन्। गाउँपालिकाका अनुसार धार्मिक पर्यटनको सम्भावना बढ्दै गएसँगै मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासमा ध्यान दिइएको छ।

प्रकाशित: २०८२ चैत ४ गते बुधबार ०८:१२
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना