काठमाडौँ उपत्यकामा बुधबार घोडेजात्रा मनाइएको छ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
घोडेजात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडीखेलमा बृहत् कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न घोडचढी कला देखाइको थियो। घोडेजात्रा अवलोकन गर्न राज्यका विशिष्ट पदाधिकारीहरु पुगेका थिए। घोडेजात्रा हेर्न उत्सुक भएर टुँडीखेल पुगेका सर्वसाधारणको भने अवस्था विगतको जस्तै देखियो।
भित्र कार्यक्रम भइरहँदा सर्वसाधारण फलामे बारबाट चिहाइरहेका देखिन्थे। कतिपय आकाशे पुलबाट हेरिरहेका थिए भने कोही जोखिम मोलेर रुखमा चढेका थिए।














