२०८३ कार्तिक २३ गते आईतबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
WhatsApp Image 2026-03-25 at 17.39.35

काठमाण्डौँ: लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशन विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित भएकी छन्।

चौथो महाधिवेशनबाट प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर पदमा तेजनारायण पराजुली र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा मनकृष्ण श्रेष्ठ निर्वाचित भए। पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्जय खेतान, डिस्ट्रिक्ट गभर्नर एकनारायण शर्मा, गंगादेवी ढकाल, आईडी इन्डोर्स एण्ड एलसीआईएफ संयोजक राजन लम्साल, जीएटी क्षेत्रीय संयोजक शम्भु प्रसाद घिमिर, जीएमटी संयोजक मनि श्री रत्न बजाचार्य, पास्ट डिस्ट्रिक्ट गभर्नर भीडीजीहरु, डिस्ट्रिक्ट पदाधिकारी, क्लब अध्यक्ष, क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ काठमाण्डौँ शुभ आरम्भको सुदृढ व्यवस्थापनले कार्यक्रमलाई ऐतिहासिक तथा अविस्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। होस्ट क्लबले महाधिवेशनमा दर्ता भएका सदस्यहरूका लागि आयोजना गरेको ३० भन्दा बढी लक्की ड्र पुरस्कारले सहभागीहरूको उत्साह झन् बढाएको थियो, जसका कारण कार्यक्रमस्थल खचाखच भरिएको थियो।

महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई अझ सुदृढ बनाउँदै नयाँ उचाइ तय गरेको डिस्ट्रिक्ट गभर्नर भुसालको भनाइ छ। उनले कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण लायन्स लिडर, सदस्यहरू तथा होस्ट क्लब लायन्स क्लब अफ काठमाण्डौ शुभ आरम्भ प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन्। साथै, महाधिवेशनले सिर्जना गरेको ऊर्जा, एकता र प्रतिबद्धताका साथ आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

प्रकाशित: २०८२ चैत ११ गते बुधबार ०६:२०
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना