काठमाडौँ: यसवर्षको एसईई परीक्षा बिहीबारबाट सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो।
यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढी विद्यार्थि सहभागी भएका छन्। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
एसईईको उत्तरपुस्तिका परीक्षणसमेत आजैबाट सुरु गरिँदै छ। वैशाख मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले गरेको शिक्षा सचिव चूडामणि पौडेलका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिनेछ। सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए।


