काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म बिजुली कटौती गर्ने जनाएको हो।
प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ।
प्राधिकरणले नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा बिजुली कटौती गर्ने भएको हो।


