काठमाडौँ: शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा भएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका उनलाई बयान पछि छाडिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले उनलाई शुक्रबार राति पक्राउ गरेको थियो। ब्युरोले पक्राउ गरेर उनलाई विभागमा उपस्थित गराएको थियो।
अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भैरहेको छ। जगदम्बा स्टिल मुख्य कम्पनी रहेको शंकर ग्रुपले सिमेन्ट, अटोमोबाइल्स, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ।
विवादस्पद व्यवसायी दीपक भट्टसँग शंकर ग्रुपका सञ्चालकहरूको कनेक्सन देखिएको छ। भट्टसँगै शंकरका छोरा सुलभलाई पनि ब्युरोले पक्राउ गरेको छ भने अर्का छोरा साहिलविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ।


