काठमाडौँ: काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य अगाडि बढाएको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो।
महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो।
महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन आरके (जेभी) सँग एक वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो। हाल टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भई रहेको छ।
निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ।





