२०८३ कार्तिक १४ गते शुक्रबार

बिचौलिया भन्दै प्रहरीले पक्रिएपछि लेखापढी व्यवसायी आन्दोलित, अनिश्चितकालिन ‘पेनडाउन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २३
bichauliya

काठमाडौँ: नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिले आफ्ना व्यवसायीमाथि धरकपड भएको भन्दै आन्दोलनको घोषणा गरेको छ। समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन ‘पेनडाउन’को घोषणा गरेको छ।

भू-सेवा केन्द्र सञ्चालक लेखापढी व्यवसायीहरुलाई कानुन बमोजिम पेसा व्यवसाय गर्ने क्रममा बिनाआधार र कारण आइतबार भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरको प्राङ्गणबाट प्रहरीले धरकपड गरेको भन्दै समितिले आन्दोलन घोषणा गरेको हो। सेवाग्राहीसहित कर्मचारीलाई गिरफ्तार गरी प्रहरी परिसर जावलाखेल पुर्‍याइएको थियो।

कानुनअनुसार प्रमाणपत्र प्राप्त लेखापढी व्यवसायीलाई बिचौलियाको संज्ञा दिई कार्यालय प्रवेशमै रोक लगाउनु पेशागत अधिकारमाथिको हस्तक्षेप भएको समितिको भनाइ छ।

समितिका सचिव भरत घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुर परिसरबाट लेखापढी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति खेद व्यक्त गरिएको छ। उनीहरूले यस्तो कार्यले पेशागत मर्यादा र संवैधानिक अधिकारमा आघात पुगेको बताएका छन्।

विज्ञाप्तिमा भनिएको छ, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत अदालतबाट प्रमाणपत्र प्राप्त गरी हामीले सेवा दिँदै आएका छौँ । साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ बमोजिम भू–सेवा केन्द्र सञ्चालन गरिरहेका व्यवसायीलाई बिचौलिया भन्नु सरासर गलत र अपमानजनक छ ।’

आफ्ना माग सम्बोधन नभएसम्म सम्पूर्ण लेखापढी व्यवसायी तथा भू–सेवा सञ्चालकहरूलाई कलम बन्द र सेवा ठप्प पार्ने आन्दोलन मा उत्रिन समेत आह्वान गरिएको छ। साथै, समितिको निर्णयविपरीत सेवा सञ्चालन गर्ने सदस्यलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।

आइतबार प्रहरीले नियन्त्रणमा लिएका लेखापढी व्यवसायी छुटिसकेका छन्।

प्रकाशित: २०८२ चैत २३ गते सोमबार ०३:४६
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना