काठमाडौं– ललितपुरको इमाडोलमा लुभुबाट लगनखेल आउँदै गरेको बा२ख८५८३ नम्बरको बस बीच सडकमै पल्टिँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान सवा ५ बजे लुभुबाट लगनखेल आउँदै गरेको बा२ख८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै दुर्घटनाग्रस्त भएको हो।
बसमा २४ जना सवार रहेको इमाडोल प्रहरी प्रभावका प्रहरी इन्स्पेक्टर हरि डाँगीले बताए। २४ मध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने १८ जनालाई उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल लगिएको उनको भनाइ छ।
बीच बाटोमै बस पल्टाउने चालकसमेत घाइते भएका छन्। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। अस्पतालमा उपचाररत घाइतेको परिचय खुलाइँदै गरेको उनले बताए।


