काठमाडौँ: समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत भएको छ। मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको हो।
भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत उक्त समितिका अध्यक्षसहित तीन जनाले मन्त्रालयमा राजीनामा पेस गरेका थिए।
सरकारले २०८१ वैशाख २० गते उनीहरूलाई दुई वर्षका लागि ती पदमा नियुक्त गरेको थियो। कार्यकाल सकिन करिब एक महिना बाँकी छँदा उनीहरूले राजीनामा दिएका हुन्।


