२०८३ कार्तिक १२ गते बुधबार

डेटा सकिएपछि स्वत: पैसा काटिन्छ? यसरी रोक्नुहोस्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
ntc data

काठमाडौँ: नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डाटा सुविधा ग्राहकहरूले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरूले आफै एबथन् सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्नेछ। त्यसपछि ४ नम्बर छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ थिच्न सकिन्छ।

नेपाल टेलिकमले ग्राहकहरूको माग बमोजिम विभिन्न प्रकारका आकर्षक डाटा प्याकेज उपलब्ध गराइरहेको छ। डाटा प्याकेज खरिद गरी सेवा उपभोग गर्ने ग्राहकहरूको सन्दर्भमा डाटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा, डाटा भोल्युम समाप्त भए पश्चात वा डाटा प्याकेजको समयावधि समाप्त भए पश्चात ग्राहकहरूलाई जानकारी दिन एसएमएस पठाउने व्यवस्था मिलाइएकोमा अब ९० प्रतिशत खपत भए पश्चात एसएमएस मार्फत जानकारी गराइने छ। डाटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भए पश्चात ग्राहकहरूले डाटा सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डाटा चल्ने र चलेको भोल्युम अनुसार शुल्क काटिने व्यवस्था थियो।

प्याकेज खरिद गरेका ग्राहकहरूले एबथन् सुविधा पहिले नै निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मेन ब्यालेन्सबाट डाटा चल्ने छैन। प्याकेज नलिई डाटा चलाउन आवश्यक भएका ग्राहकहरूले भने यो सुविधा सक्रिय राख्न सक्नु हुनेछ।

यसरी डाटा सेवा निरन्तर प्रयोग गर्दा एबथन् मा नजाने व्यवस्थाका लागि विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो। नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२।१२।१३ को निर्णय बमोजिम नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत ‘एबथ(ब्क(थ्यग(न्य निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ। मन्त्रालयको निर्देशन अनुसार पनि कम्पनीले एबथ(ब्क(थ्यग(न्य निष्क्रिय गर्ने विकल्प उपलब्ध गराएको हो।

आगामी दिनमा नेपाल टेलिकम एपबाट समेत यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुनेछ।

३० दिनको प्याक
प्रिपेड मोबाइलमा उपलब्ध गराइएका प्याकेजहरूको समयावधि २८ दिनको सट्टा ३० दिन कायम हुनुपर्ने माग भए बमोजिम हाल ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याइएको छ। रु. २९९ मा उपलब्ध हुने उक्त प्याक प्रयोग गरी सबै नेटवर्कमा ३०० मिनेट कल गर्न, ४ जीबी डाटा चलाउन र कम्पनीको नेटवर्कमा २० वटा एसएमएस पठाउन सकिने छ। आगामी दिनमा ३० दिन समयावधिको अन्य प्याकहरू क्रमशः बनाइने छ।

प्रकाशित: २०८२ चैत २५ गते बुधबार ०१:४७
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना