काठमाडौँ: सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि भएको छ। यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले बढाएको हो।
यस्तै विभागले ढुवानीमा लाग्दै आएको भाडा पनि बढाएको छ। तराई क्षेत्रमा ढुवानीमा १५.७५ प्रतिशत र पहाडी क्षेत्रमा २१.६८ प्रतिशतले भाडा बढेको हो।
सामान्य, डिलक्स र सुपर डिलक्समा २० प्रतिशतसम्म थप भाडा लिन पाउने व्यवस्था गरिएको छ।
वृद्धि भएको भाडादर विद्युतीय यातायातमा भने लागू नहुने भएको छ। विद्युतीय सार्वजनिक सवारीसाधनले साविककै भाडा लिनुपर्ने व्यवस्था गरिएको छ।
कुन रुटको भाडा कति?


