२०८३ कार्तिक १३ गते बिहिबार

वैकल्पिक ऊर्जा केन्द्रलाई साढे ३ अर्बभन्दा बढीको परियोजना पेस गर्न स्वीकृति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
biraj

काठमाडौँ: वैकल्पिक ऊर्जा क्षेत्रलाई ग्रामीण अर्थतन्त्रसँग जोड्दै विस्तार गर्ने तयारी सरकारले अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको वैकल्पिक ऊर्जा विकास समितिको १११औँ बोर्ड बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई सहमति दिएको हो।

बैठकको निर्णयअनुसार केन्द्रले प्राप्त बजेट सिलिङभित्र रहेर कार्यक्रम तय गर्नेछ, जसले विशेषगरी ग्रामीण र दुर्गम क्षेत्रमा ऊर्जा पहुँच विस्तारसँगै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ। ऊर्जा पहुँचसँगै साना उद्योग, कृषि प्रशोधन र रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पर्ने भएकाले यो निर्णयलाई ग्रामीण अर्थतन्त्र मजबुत बनाउने कदमका रूपमा हेरिएको छ।

बैठकमा मन्त्री श्रेष्ठले बजेट तर्जुमामा सामाजिक न्यायलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ पाउने गरी कार्यक्रम ल्याउन र नवप्रवर्तनमा जोड दिन सुझाइएको छ। यसले ऊर्जा पहुँचसँगै आयआर्जनका अवसर बढाउने र क्षेत्रीय असमानता घटाउने लक्ष्य राखेको देखिन्छ।

यसैबीच, बैठकले अन्तर्राष्ट्रिय जलवायु वित्त भित्र्याउने अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धी अन्तर्गतको ‘हानी नोक्सानी कोष’मा करिब १९.८७ मिलियन अमेरिकी डलर (झण्डै ३ अर्ब ६० करोड रुपैयाँ) बराबरको परियोजना प्रस्ताव पेस गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रूपमा अघि बढाउने सहमति दिइएको छ।

वन तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको उक्त प्रस्ताव स्वीकृत भएमा नेपालमा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण, पुनःस्थापना तथा हरित ऊर्जा प्रवर्द्धनका कार्यक्रम विस्तार हुनेछन्। यसले विदेशी अनुदानमार्फत आन्तरिक लगानीको दबाब घटाउने र दीर्घकालीन रूपमा हरित अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ चैत २६ गते बिहिबार ०६:२३
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना