काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। उनले रिक्त रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्।
जसअनुसार गौरीकुमारी यादवलाई उद्योग र रामजी यादवलाई श्रममन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयअनुसार उनीहरूको आजै शपथ हुनेछ। यद्यपि शपथग्रहणको समय भने तय हुन बाँकी छ।
श्रीमतीलाई नियुक्ति दिलाएको विषयमा विवादित भएपछि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री वालेन्द्रले बिहीबार पदमुक्त गरेका थिए।


