प्रस्तुत विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सम्पूर्ण विमानस्थलहरूमा सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासा र सुझावका आधारमा यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा व्यापक सुधार आवश्यक देखिएकाले उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
यी हुन् मन्त्रालयले दिएका निर्देशनहरू
१. स्तनपान तथा शिशु हेरचाह कक्ष
सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान / वेबी- चेन्जिङ कक्ष सञ्चालन गर्ने वा आवश्यकतानुसार स्तरोन्नति गर्ने ।
२. बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लगि प्राथमिक हेरचाह कक्ष
बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्ने।
३. निशुःल्क स्यानिटरी प्याड उपलब्धता
महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राखी प्रमुख शौचालयहरूमा निशुःल्क स्यानिटरी प्याड उपलब्ध गराउने ।
४. विमानस्थल परिसरमा सरसफाई तथा स्वच्छता मापदण्ड
क) दैनिक सरसफाई लगबुक प्रणाली लागू गर्ने,
ख) WHO तथा ICAO ले तोकेका र अन्य प्रचलित राष्ट्रिय जनस्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने, ग) नियमित निरीक्षण तथा अभिलेखीकरण सुनिश्चित गर्ने ।
पुनश्चः सम्बन्धित विमानस्थलहरूले कार्यान्वयनको अवस्थासहित प्रतिवेदन, फोटो प्रमाण तथा लगबुक विवरण २४ घण्टाभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ । निर्देशन पालना नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।
साथै, उल्लिखित सुधारसम्बन्धी काम भए नभएको विषयमा “गुनासो वा तारिफ” को रूपमा मन्त्रालयका सूचना अधिकारीको ह्वाट्सएप नं. ९८५१३१२७२२ मा पठाई दिनुहुन सम्पूर्ण सचेत नागरिक तथा यात्रु महानुभावहरूमा हार्दिक अनुरोध छ ।


