समाज कल्याण परिषद् ले भृकुटीमण्डप भित्र भाडा नतिर्ने २० संघ–संस्था र व्यवसायिक कबलमा ताला लगाएको छ।
७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ। अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो।
रिपोर्टस् क्लबले ७३ लाख ४० हजार, बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले ८९ लाख ९० हजार, उपभोक्ता मञ्चले ४५ लाख ५७ हजार, नेपाल पत्रकार महासंघले ३३ लाख ७ हजार बक्यौता तिर्न बाँकी छ।
कसको कति बक्यौता बाँकी?
रिपोर्टर्स क्लब नेपाल — ७३ लाख ४० हजार १०
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज — २ करोड १० लाख २३ हजार ३७६
राष्ट्रिय अपांग महासंघ — १ करोड १६ लाख ३२ हजार २७
गैरसरकारी संस्था महासंघ नेपाल — ६९ लाख १० हजार ७४६
मानव अधिकार संरक्षण मञ्च — २१ लाख ८५ हजार १५७
उपभोक्ता मञ्च नेपाल — ४५ लाख ५७ हजार ७०७
लोकतान्त्रिक शहीद तथा घाइते समाज — १४ लाख ६९ हजार २७०
नेपाल पत्रकार महासंघ काठमाडौं शाखा — ३३ लाख ७ हजार ४२९
सेन्ट्रलिस एक्सिबिसन एण्ड इभेन्ट्स — १० लाख
मनकला श्रेष्ठ (जुत्ता पसल) — ७ लाख ५४ हजार ०२३
टीकाराम सिटौला (जुत्ता पसल) — ११ लाख ५० हजार ६२५
कृष्णप्रसाद लामिछाने (जुत्ता पसल) — ८ लाख १६ हजार १९६
यशोदाकुमारी सेढी (खाजा पसल) — १० लाख ५१ हजार १५६
हरि हमाल (खाजा पसल) — ५ लाख १५ हजार ६६४
नारायणकुमारी निरौला (खाजा पसल) — २ लाख ३२ हजार ०१३
बुद्धिराम भुजेल (खाजा पसल) — ६ लाख ८७ हजार ३७४
मनु तिमिल्सिना (खाजा पसल) — ९ लाख ७ हजार ७१०
नेपाल फोटो पत्रकार महासंघ — २० लाख ६८ हजार
अनेरास्ववियु केन्द्रीय कार्यालय — (रकम उल्लेख छैन)


