काठमाडौँ: पसलमा राखिएको म्याटको धुलो सडकमा टक्टकाएपछि दरबारमार्गका एक व्यापारीले २५ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ।
काठमाडौँ महानगरपालिकाले म्याटको धुलो ग्रेनाइट बिछाइएको सडक पेटीमा टक्टकाएको भन्दै बुधबार उक्त जरिवाना तिराएको हो।
महानगर प्रहरीले प्रशासनिक, दण्ड, जरिवाना शीर्षकअन्तर्गत तोकिएको समयर स्थानबाहेक अन्यत्र फोहोरमैला निष्काशन गरेको प्रयोजनवापत उक्त जरिवाना तिराएको बताएको छ।



