‘नेपाली पात्रो’ एप अपडेट भएको छ।
नयाँ संस्करणमा नयाँ लोगो सार्वजनिक गरिएको छ, जसमा नेपाली अक्षर ‘ने’ को अमूर्त रूप प्रयोग गरिएको छ। लोगोले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने तथा समयको परिवर्तनशीलतालाई जनाउने जनाइएको छ।
एपले हालसम्म १ करोड ३० लाखभन्दा बढी डाउनलोड पार गरिसकेको छ। अपडेटसँगै एपमा बहुउपयोगी जानकारी, सिर्जनात्मक सामग्री र प्रयोगकर्ता अनुभव सुधार गर्ने सुविधाहरू थपिएको कम्पनीले जनाएको छ।
‘नेपाली पात्रो’ एप मिति, तिथि र चाडपर्व सम्बन्धी जानकारी प्रदान गर्दै आएको छ।


