२०८३ कार्तिक १२ गते बुधबार

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ७
screenshot-2026-04-20-133737_8407650d

काठमाडौँ: आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्मको समग्र सहयोग प्रदान गरेको जनाएको छ। फाउन्डेसनका अनुसार नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक पूर्वाधार, सीप र वित्तीय पहुँच उपलब्ध गराइएको छ।

इन्क्युबेसन कार्यक्रमअन्तर्गत स्टार्टअपहरूलाई कार्यस्थल, प्राविधिक सहयोग, व्यवसाय विकास तालिम तथा नेटवर्किङका अवसर प्रदान गरिएको छ। त्यस्तै, मेन्टरशिपमार्फत अनुभवी उद्यमी तथा विषयगत विज्ञहरूसँग प्रत्यक्ष सहकार्य गर्ने वातावरण सिर्जना गरिएको फाउन्डेसनले जनाएको छ।

लगानी पहुँच विस्तारका लागि ‘पिचिङ’ सेसन, लगानीकर्ता–उद्यमी अन्तरक्रिया तथा साझेदारी निर्माणका कार्यक्रमहरू सञ्चालन गरिएको छ। यसबाट धेरै स्टार्टअपहरूले प्रारम्भिक चरणमै लगानी जुटाउन सफल भएको फाउन्डेसनको दाबी छ।

सूचना प्रविधि, कृषि प्रविधि, स्वास्थ्य, शिक्षा तथा डिजिटल सेवाजस्ता विविध क्षेत्रमा काम गर्ने स्टार्टअपहरूलाई प्राथमिकतामा राखेर सहयोग विस्तार गरिएको जनाइएको छ। फाउन्डेसनका पदाधिकारीहरूले नेपालमा स्टार्टअप इकोसिस्टम क्रमशः विस्तार हुँदै गएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र लगानीकर्ताबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

आगामी दिनमा अझ धेरै नवप्रवर्तनशील स्टार्टअपहरूलाई समेट्दै रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पु¥याउने लक्ष्य फाउन्डेसनले लिएको जनाएको छ।

प्रकाशित: २०८३ बैशाख ७ गते सोमबार ०२:२६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना