काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा सवा ७ अर्बको प्याज टमाटर आयात भएको छ। यस अवधिमा भारत र चीनबाट ६ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ बराबरको प्याज र टमाटर नेपाल भित्रिएको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा १७ लाख ९२ हजार क्विन्टल प्याज र टमाटर भित्रिएको हो।
उक्त प्याज र टमाटरबाट ६० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।


