२०८३ कार्तिक १४ गते शुक्रबार

सेयर बजारमा कृत्रिम कारोबार: दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छा र रोहित गुप्तालगायत सहयोगी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ८
share karobar

काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा कृत्रिम कारोबार गरी मूल्यमा अस्वाभाविक चलखेल गरेको आरोपमा विवादित व्यवसायी दीपक भट्टलाई मुख्य दोषी ठहर गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ। भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिइ त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको प्रतिवेदनमा भनिएको छ।

भट्टले कुनै पनि रकम भुक्तानी नगर्ने कार्यबाट रकमको लेनदेनबिना नै उधारोमा सेयर कारोबार गरी सेयरको मूल्य वृद्धि भएको हुन सक्ने र यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ बमोजिमको कसूर भएको हुनसक्ने देखिएको ठहर सेबोनले गरेको छ।

अनुसन्धानका क्रममा भट्टले आफ्नो ४.५ प्रतिशत सेयर स्वामित्व भएको इन्फिनिटी होल्डिङ्गबाट सन् २०२५ नोभेम्बर ९ मा एक हजार ८० कित्ता सेयर खरिद गरी नोभेम्बर १६ मा १५ प्रतिशत सेयर स्वामित्व रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता रू. एक १६० देखि एक हजार १८२ सम्ममा तथा हिमालयन रिइन्स्योरेन्सअन्तर्गत स्वामित्वमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी प्रतिकित्ता एक हजार १८५ रुपैयाँमा बिक्री गरेको भेटिएको हो।

प्रतिवेदनले मुख्य दोषी भट्टलाई देखाएकोमा अन्य आरोपितकारूपमा भृकुटी स्टक ब्रोकिङ कम्पनिका कार्यकारी प्रमुख संदीप चाचान, शुभी अग्रवाल, ऋषि राज मोर र राजबहादुर शाहको नाम उल्लेख गरेको छ। भट्टबाहेक शुभी अग्रवाल, राजबहादुर शाह र ऋक्षिराज मोरले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिलेबाट कुनै रकम नतिरी उधारोमा सेयर लिएको देखिएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

यस्तै उक्त कसुर गर्न सहयोग गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासमेत रहेको निष्कर्ष सेबोनको छ। उक्त कसुरमा गोल्छासहित रोहित गुप्ता तथा कम्पनीहरू  हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर,  एचएलआई लार्ज क्याप फण्ड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले कसुरमा सहयोग गरेको बताएको छ।

महासंघका पूर्वअध्यक्ष गोल्छाले रकम भुक्तानी नै नगरी साढे ५२ करोड रुपैयाँको सेयर खरिद तथा राफसाप गरी कसुर गर्न सहयोग गरेको निष्कर्ष सेबोनको छ। गोल्छाबाट सो बराबरको रकम भृकुटी स्टक ब्रोकिङ्गले रकम लिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। भृकुटी स्टक ब्रोकरको रकम लिई उक्त ब्रोकरको धितोपत्र राफसाप गर्न गोल्छाले २०२५ जुलाई २० मा १० करोड, जुलाई २१ मा थप १० करोड, जुलाई २३ मा २० करोड, जुलाई २५ मा १० करोड र अगस्ट ८ मा २ करोड ५० लाख जम्मा गरेको देखिएको छ।

हिमालयन रिइन्स्योरेन्समा गोल्छा २०८२ फागुन २५ गतेसम्म अध्यक्ष र २०८० फागुन  २० देखि हालसम्म रोहित गुप्ता सञ्चालक रहेका थिए।

प्रकाशित: २०८३ बैशाख ८ गते मङ्गलबार ०४:१९
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना