काठमाडौँ: सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ परेका विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबारदेखि लागू हुनेगरी थप ७ दिन म्याद थपेको हो।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निवेदनमा अदालतले आरोपितहरूलाई थप अनुसन्धानका लागि ३० दिन म्याद माग गरिएको भए पनि प्रारम्भिक रूपमा ७ दिन मात्र म्याद थप गरेको हो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा गत चैत १९ गते इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र चैत २१ गते व्यापारिक घराना शंकर ग्रुपका उपाध्यक्ष एवं जगदम्बा होल्डिङ्ग्सका अध्यक्ष अग्रवाललाई प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो।
शंकास्पद वित्तीय कारोबारमा संलग्न भट्ट र अग्रवालमाथि अवैध रूपमा धन आर्जन गरेको गरेको आरोप छ।



