काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्ने तयारीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले सामान सार्न थालेका छन्।
गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा शनिबार र आइतबारभित्र सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए।
बिहीबार काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती क्षेत्रमा माइकिङ गरेर बस्ती खाली गर्न भनेको छ।
शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डाेजर चल्ने हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ।













